तेह्रथुम । छथर गाउँपालिका ३ पञ्चकन्यामा श्रीमान श्रीमती विच आपसमा झगडा हुंदा श्रीमानको मृत्यृ भएको छ । श्रीमती गम्भीर घाईते भएकी छिन् । घरायासी बिषयमा विवाद पछि झगडा हुंदा ५४ बर्षीया श्रीमान गोबिन्द लिम्बुको मृत्यृ भएको इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । श्रीमान श्रीमती विच आपसमा हानाहान हुंदा ५२ बर्षीया श्रीमती भक्तकुुमारी लिम्बु गम्भीर घाईते भएकी छिन् । उनलाई उपचारका लागि नोवेल हस्पीटल विराटनगर पठाईएको प्रहरीले जनाएको छ । झगडा पछि गम्भीर घाईते भएका श्रीमान गोविन्दको स्थानीय छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।