तेह्रथुम । हालैको एक विहान लालीगुराँस नगरपालिका ७ लसुने वजार भन्दा केही माथी रहेको सुकुम्बासी वस्तीमा पुग्दा त्यहांका महिलाहरु समुहमा भेला भएर सदस्यहरु विच ऋण लगानी र असुली गरीरहेका थिए । तीनजुरे महिला समुहकी कोषाध्यक्ष गिता राई भने महिलाहरु आत्मनिर्भर हुने उपायका बारे छलफल चलाईरहेकी थिईन् ।
सुकुम्बासी वस्तीका २४ घर परिवार आवद्ध समुहका सवै सदस्यले कुनै न कुनै व्यवसाय गरेर आमदानीको बाटो रोजेका छन् । व्यवसायका लागि सवै सदस्यले ‘व्यवासायीक योजना’ वनाएका छन् । व्यवसायीक योजना वनाउनका लागी भने एक्सनएडको सहयोगमा दलित सचेतना समाज (ड्यास) नेपालले सहयोग गरेको हो । ड्यासले कार्यक्रम शुरु गर्नुपुर्व एक्ला एक्लै रहेका यहांका महिलाहरु अहिले संगठीत छन् । पहिले अर्काकोमा ज्याला मजदुरी गर्न जाने गरेका यहांका बासिन्दा अहिले आफ्नै बारीमा मज्जाले तरकारी खेती गरीरहेका छन् । केहीले बंगुर, कुखुरा, बाख्रा र गाईभैंसी पालन गरेर जीविकोपार्जन गरीरहेका छन् । सवै जना काममा व्यस्त छन् । १०÷२० हजार रुपैंयाका लागि साहुकोमा चर्को व्याजदरमा ऋण माग्न जानुपर्दैन ।
‘संगठन नै बल हो’ भन्ने भनाई यहांका महिलाहरुमा लागु भएको छ । संगठीत भएर बनेको समुहको कोषमा अहिले २ लाख ३ हजार रुपैंया जम्मा भएको छ । महिलाहरु मासिक रुपमा बैठक वसेर वचत गर्छन । उनीहरुले अफ्ठयारो पर्दा खर्च गर्ने गरी आकस्मीक कोषको समेत व्यवस्था गरेका छन् । कोषमा ३० हजार रुपैंया जम्मा भएको छ । एक्सनएडको सहयोगमा ड्यासले यो वस्तीमा स्थानीय अधिकार कार्यक्रम संचालन गरेपछि त महिलाहरुमा सामाजीक, राजनीतिक, सांस्कृतिक र सम्पती माथीको अधिकार समेत वढेको छ । कार्यक्रमका कारण समुहमा आवद्ध भएपछि बजारका भन्दा ग्रामिण महिलाहरु आर्थिक रुपमा सक्षम हुन थालेका छन् । ऋण ल्याउने, व्यवसाय गर्ने, ऋण बुझाउने, नियमित बचत गर्ने जस्ता आर्थिक गतिविधिमा पुरुष भन्दा महिला बढी सक्रिय देखिएका छन् । यो समुहका सदस्य महिलाहरुको इमान्दारीता र काममा लगनशीलता देखेर अन्य आर्थिक कारोबार गर्ने सहकारी र वित्तीय संस्थाले समेत लगानी गर्न थालेका छन् ।
‘हामी महिला विगतको जस्तो कमजोर छैनौं’ समुहकी सदस्य देवीमायाँ शंकरले भनिन् ‘केही न केही व्यवसाय गरेर आर्थिक गतिविधिमा पनि उत्तिकै सक्रिय छौं ।’ ड्यास नेपाल जस्ता संघ संस्थाले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन विभिन्न कार्यक्रम संचालन गर्दा थप उर्जा मिलेको उनको भनाई छ । जव वस्तीमा स्थानीय अधिकार कार्यक्रम शुरु भयो, तव महिलालाई वित्तीय पहुँचमा ल्याउन, घरमा हुने आर्थिक कारोबारमा अग्रसर गराउन, घरको काम संगै आर्थिक गतिविधि गर्न सक्षम बनाउन र साक्षर बनाउने काममा महिला समुह सफल भएको छ ।
बस्तीमा ड्यासले कार्यक्रम शुरु गर्नुपुर्व दुई चार पैसाका लागि साहुकोमा जाने गरेकी शंकरले समुह बाट पाएको थोरवहुत ऋण र थप लगानी गरेर ६० वटा वंगुर पालन गरेकी छिन् । १५ रोपनी लिज र बाँकी आफ्नै जमिनमा गरी २० रोपनी जमिनमा व्यवसायीक तरकारी खेती गरेकी छिन् । यो बर्ष ५ देखी ६ लाख रुपैंया आमदानी गर्ने योजना उनको छ । काममा छोराले पनि सहयोग गरीरहेका छन् । व्यवसायकै कारण आमदानी वढेपछि उनी अरुलाई १०÷२० हजार रुपैंयाको भर अबर टारीदिन सक्ने भएकी छिन् ।
पुरुषको सफलतामा महिलाको ठूलो हात हुन्छ । एउटी महिलाको सफलतामा पुरुषको हात भएका कथा भने दुर्लभ मानिन्छ । बस्तीमा कार्यक्रम शुरुहुनु पुर्व यहांका धेरै पुरुषहरु कमाएर ल्याएको पैसा फजुल खर्चमा सक्थे । ‘बाहिर कमाएको पैसा बाहिरै सक्ने’ समस्या अधिकांश महिलाका श्रीमानको थियो । त्यसको असर गृहिणी महिलाई घर व्यवहार चलाउनमा प¥थ्यो । स्थानीय अधिकार कार्यक्रम संचालन पछि भने बरालीएर हिढ्ने यिनै श्रीमानले हरेक श्रीमतीको काममा सहयोग गर्छन् । महिलालाई सफल बनाउन तिनै श्रीमानका हात अहिले काफी छन् । समुहमा वसेर छलफलमा सहभागी भएपछि महिला अधिकारका क्षेत्रमा काम गर्दा गर्दै वस्तीकी मनकुमारी कामी हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फ बाट दलित महिला वडा सदस्यमा निर्वाचीत भईन । कार्यक्रमकै कारण महिलाहरु राजनीतिमा समेत हामफाल्न सफल भएका छन् ।
सफलताको कथाले मानिसलाई चांडै तान्ने नै भो । फूलबाट आकर्षित हुने धेरै भेटिन्छन, तर त्यो आकर्षक फूलको माला अड्याउने सानो धागोको कसैलाई मतलब हुन्न । त्यसभित्रको अन्तरकथा विरलै जान्ने कोशिस हुन्छ । तर, वस्तीका धेरै जसो महिलालाई सफल वनाउने काम भने पछिल्लो समय धागो वनेर तिनै महिलाका श्रीमानले गरीरहेका छन् । भनौं, बरालीएर हिड्ने श्रीमान पनि सुध्रीएर व्यवसायमा लागेका छन् ।
विहान ५ बजेको मिर्मिरे उज्यालो बाट नै बस्तीको दैनिकी सुरु हुन्छ । भनिन्छ, संसार उसैको हो, जसले यो धर्तीमा पहिलो पाइला राख्छ । उठ्नासाथ बिहानीको नित्यकर्म सकेर पत्नीको सहयोगी बन्छन्, घरका श्रीमान । पतिको साथ र सहयोगकै कारण बिमलामायाँ तामाङ निकै खुशी छिन् । उनले खेती किसानी देखी समुह र घरमै किराना पसल चलाउने सम्मको काम भ्याएकी छिन् । बस्तीमा किराना पसल चलाएर गाउँलेलाई सेवा दिएकी छिन् भने दुईचार पैसा आमदानी पनि गरीरहेकी छिन् । उनी एक्लै भएको भए यहां सम्मको बाटो असम्भव थियो । उनलाई श्रीमानको साथ दरीलो छ । पहिलेको अभावग्रस्त भविष्य सम्झेर यि दम्पती अहिले आंतिदैनन् । बरु साहस बटुलेर काममा अगाडी बढीरहेका छन् । यही कामले उनीहरुलाई आर्थिक उपार्जनमा अगाडी लम्क्याईरहेको छ ।
वस्तीका सवै किसानले बिषादी रहित तरकारी उत्पादन गर्छन । जैविक मल विषादी वनाउने तालिम पनि एक्सनएडको सहयोगमा ड्यासले नै दिएको हो । बस्तीभरीका किसानले जैविक मल र बिषादी प्रयोग गरेर तरकारी फलाईरहेका छन् । नजीकै लसुने वजारमा अग्र्यानिक तरकारी विक्री केन्द्र समेत संचालनमा ल्याएका छन् । यो जिल्लाकै पहिलो अग्र्यानिक तरकारी पसल हो । यहांका किसानको जीवन देखेर लाग्छ– कार्यशील जिन्दगी बगिरहने नदी हो । जुन नदीमा अल्छीपनाको लेउ कहिल्यै लाग्दैन ।