काठमाडौं । सरकारले कृषि तथा पशुपन्छीजन्य उत्पादन नजिकको बजार सम्म पुर्याउँदा लाग्ने ढुवानी खर्चमा २५ प्रतिशत अनुदान घोषणा गरेको छ ।
सरकारले बिहीबार सार्वजनिक गरेको दोस्रो चरणको राहत प्याकेजमा यस्तो अनुदान व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारको उक्त निर्णयपछि अब कृषकले तरकारी, दूध, माछा-मासु, तरकारी, अण्डा तथा खाद्यन्न ढुवानी गर्दा ढुवानी खर्चको २५ प्रतिशत खर्च सरकारले ब्यहोर्ने छ ।