तेह्रथुम । बेमौषमी तरकारी उत्पादनको मुख्य सिजनमै कोरोना भाईरस संक्रमण त्रासका कारण देशमा लकडाउन भएपछि यहाका किसानले उत्पादन गरेको तरकारी बजार पु¥याउन पाएका छैनन् । बैमौषमी तरकारी उत्पादनको शुरु सिजनमै बजार देखी सडक र सवारी समेत वन्द हुंदा तेह्रथुम सहित धनकुटा र संखुवासभाका माथिल्लो क्षेत्रका किसानले ठुलो नोक्सान व्यहोरीरहेका छन् ।
तेह्रथुमको लालीगुराँस नगरपालिका, छथर र मेन्छ्यायाम गाउँपालिका, धनकुटाको महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिका र संखुवासभाको धर्मदेवी नगरपालिकाका ३० हजार वढी किसान यती बेला कोरोना भाईरसले निम्त्याएको विपतका कारण पिडामा छन् । उनीहरुले तरकारी खेतीमा गरेको लगानी डुवेको छ । तीन महिना सम्मको मेहनत र लाखौं रुपैंया खर्च गरेर उत्पादन गरेको बन्दा, काउली, मुला, हरीयो मटरकोषा, टमाटर र रायोको साग बारीमै कुहिन थालेको लालीगुराँस नगरपालिका ४ फुलेकका किसान होम रायाले बताए । बजार पठाउन तयारी अवस्थामा रहेको हरीयो तरकारी बारीमै कुहिन थालेको उनले वताए । किसानले गत मंसिर महिना यता लगाएको तरकारी बाली अहिले धमाधम निकालेर बजार पठाउने समय भएको छ । तर देश लकडाउनका कारण किसानले आफ्नो कृषि उत्पादन बजार सम्म पठाउन पाएका छैनन् ।
बेमौषमी तरकारीको शुरु सिजनको उत्पादन बजार पठाउन नपाएर पिडा भोगीरहेका किसानले दोस्रो सिजनको तरकारी बाली लगाउन मल र विउको समेत अभाब झेलीरहेका छन् । यो सिजन बन्दा, काउली र मुला रोप्ने मुख्य सिजन हो । आलु खनेर खाली भएको जमिनमा बर्षादमा हुने तरकारी खेती गर्ने मुख्य सिजनमा आफुहरुलाई कुखुराको सुली र विउको अभाव भएको किसान समेत रहेका धनकुटाको महालक्ष्मी नगरपालिका १ का वडा अध्यक्ष टेकबहादुर गुरुङले गुनासो गरे । दोस्रो सिजनका लागि यो समय बन्दाको व्याड राख्ने मुख्य समय हो । पुर्वी तराई बाट खेतीका लागि कुखुराको सुली ढुवानी गर्न नपाउदा बन्दा र काउलीका बेर्ना व्याडमै हुर्कीन थालेको उनले वताए । गत बर्ष उनले बन्दा र काउली विक्री गरेर ३० लाख रुपैंया वढी आमदानी गरेका थिए ।
अगौटे बालीको मुल्य उच्च हुने भएपनि उत्पादीत बाली बजार सम्म पठाउन नसक्दा त्यसै खेर गैरहेको धेरै किसानको गुनासो छ । स्थानीय तहका जनप्रतिनिधीले पनि किसानलाई यो समय आईपरेको समस्याको समाधान तर्फ खासै ध्यान दिएका छैनन् । किसानको उत्पादन स्थानीय तहले खरीद गरी बजार व्यवस्थापन गरीदिएको भए किसानलाई यस्तो समस्या नआउने संखुवासभाको धर्मदेवी नगरपालिका ओख्रेका किसान रामकाजी गुरुङले वताए । किसानलाई आईपरेको यो समस्या समाधानका निम्ती स्थानीय तहले कुनै पहल नगरेको किसानको गुनासो छ । विश्वभर फैलीएको कोरोना भाईरस संक्रमणका कारण किसानले उत्पादन गरेको कृषि उपजले कति समय पछि बजार पाउछ ? भन्ने अनुमान किसानले गर्न सकेका छैनन् । यस्तो अवस्थामा वढी समय सम्म टिक्ने अन्न बाली वा अन्य तरकारी बालीको खेती तर्फ किसानलाई प्रोत्साहित गर्न पनि तीनै तहका सरकारले गर्न सकेका छैनन् । यो समय राहत वितरणमा केन्द्रीत भएका स्थानीय तहका जनप्रतिनिधी किसानले भोगीरहेका समस्याको बिषयमा बेखबर छन् । केही स्थानीय तहले बिउ र बिषादी खरीद गरेर किसानलाई वितरण गरीरहेका छन् । तर यो पनि प्रयाप्त नभएको किसानको भनाई छ ।
यो संक्रमणको समय किसानलाई वढी समय टिकाउ हुने खेती बाली तर्फ आकर्षित गर्नु पर्ने आवश्यकता देखीएको छ । कोरोना भाईरस संक्रमणका कारण किसानलाई आईपरेको यो बिपद व्यवस्थापनका निम्ती सरकारी स्तर बाट पहल नहुदा आगामी बर्ष किसानले ठुलो रकम गुमाउने पर्ने अवस्था छ ।
प्रतिकेजी ३० देखी ४० रुपैंया सम्ममा यो सिजनमा वन्दा र काउली बिक्री हुन्थ्यो । तर अहिले यो बाली विक्री नै भएको छैन् । किसानले उत्पादन गरेको कृषि उपज विक्री नहुदा डेढ महिना यता धनकुटाको सिंधुवामा रहेको सिंधुवा कृषि भण्डारको गोदाम रित्तै छ । भण्डारमा संकलन हुने तरकारी बजार सम्म पठाउन नसक्दा किसानले उत्पादन गरेको तरकारी खरीद गर्न नसकीएको भण्डारका प्रमुख बजार व्यबस्थापक मेघेन्द्र गुरुङले बताए । भण्डार मार्फत तेह्रथुम सहित धनकुटा र संखुवासभाका किसानले उत्पादन गरेको हरियो तरकारी नेपालका प्रमुख बजार र भारतीय बजार तर्फ निर्यात हुने गरेको थियो ।
माथिल्लो क्षेत्रका किसानको आमदानीको मुख्य स्रोत बन्दा, काउली, हरियो मटर कोसा, रायोको साग र मुलाले मुल्य नपाउदा परिवारमा घर खर्च चलाउनै समस्या पर्न थालेको जिल्ला किसान सञ्जालका अध्यक्ष योगेन्द्र गढ्तौलाले वताए । अन्य आमदानीको स्रोत नभएका र व्यवसायीक बेमौषमी तरकारी खेतीमा लागेका किसानका लागि यो समय निकै कष्टकर भएको अध्यक्ष गढ्तौलाको भनाई छ ।
२०४९ साल तिर यस क्षेत्रमा भित्रिएको बेमौसमी तरकारी खेती यहा“का किसानको आर्थीक अवस्थामा सुधार ल्याउने गतिलो माद्याम बनेको थियो । धनकुटाको हिले देखी तेह्रथुमको लसुने र संखुवासभाको मुढेशनिश्चरे सम्मका सडकका दाया“ बाया“का हजारौं रोपनी क्षेत्रफलमा बेमौसमी तरकारी खेतीले अहिले बारी ढाकेको छ । अघिल्लो बर्ष यहाका गाउ“मा ४५ करोड भारतीय रुपैंया भित्रीएको थियो । तर अहिले किसानको लागत नै डुवेको छ । डेढ दशक अघि सिप्रेड नामक एक गैर सरकारी संस्थाले यस क्षेत्रका किसानलाई तरकारी खेती सम्बन्धि तालीम दिएर आफ्नो उत्पादन आफै बिक्री गर्ने प्रविधि समेत सिकाई दिएपछि भित्रीएको बेमौषमी तरकारी खेती विश्वमा फैलीएको कोरोना भाईरसका कारण जोखीममा परेको छ । किसानलाई आईपरेको यो समस्या समाधानका लागि आगामी बजेटमा छुट्टै कार्यक्रम ल्याउने गरी प्रदेश सरकारले तयारी गरीरहेको तेह्रथुम बाट प्रतिनिधित्व गर्ने प्रदेश सांषद लक्ष्मण तिवारीले वताए ।