तेह्रथुम । १८ औं शताव्दी तीर अमेरीका नजीक पर्ने डोमिनिकल रिपव्लीक टापुमा मिसेल बेगन नाम गरेका वनस्पतीविदले पत्ता लगाएको बेगोनिया फुलले अहिले उच्च पहाडका चिसो हावापानी भएका वजार र ग्रामिण क्षेत्रका घरहरु रङगी विरङगी भएर सजिएका छन् ।
शुरुमा भारतको सिक्कीम र दार्जिलिङ रोजगारी र काम विशेषले ओहोर दोहोर गर्नेहरुले रहरले ल्याएर रोपेको त्यही फुलका प्रजातीले यती बेला धनकुटा, तेह्रथुम र संखुवासभाका उच्च पहाडी क्षेत्रका वजार र गाउँका घरहरुको सौन्दर्य वढाउनमा मद्धत पु¥याईरहेका छन् ।
जिल्लाको वसन्तपुर, टुटे देउराली, लसुने, चित्रे, जिरिखिम्ती, धनकुटाको सिंधुवा, जोरपाटी, हिले, पाख्रीबास, संखुवासभाको मुढेशनिश्चरे लगायतका २ हजार मिटर माथीका वजार क्षेत्र र यि वजार आसपासका ग्रामिण वस्तीका प्रत्येक घरका गमलामा १५ वढी प्रकारका बेगोनिया फुलेका छन् । तिनै बनस्पती विद बेगनको नाम बाट यो फुलको नाम राखीएको हो ।
बेमौषममा फुलेका यि फुलको शौन्दर्यले गाउँ देखी वजार सम्मका घरहरु सजीएका छन् । घरको बार्दली, वरण्डा, कौशी र भ¥याङमा गमलामा सजाईएका यि फुलले वाहीर बाट आएका पर्यटकलाई समेत आकर्षित गरीरहेको छ । ‘यो फुल नफुलाउने वजार क्षेत्रका कुनै पनि घर छैनन्’ बसन्तपुर वजारकी सुनिता पौडेलले भनिन् ‘शुरुमा कस्तो होला भनेर रहरले रोपेको, अहिले धेरै थरीका फुल बार्दलीमा फुलेका छन् ।’ बसन्तपुर वजार भन्दा २ किलोमिटर माथी टुटेमा गिता गुरुङले यो फुलको नर्सरी स्थापाना गरेर फुल र विरुवा विक्री गरीरहेकी छिन् ।
फुल र विरुवा विक्री बाट गुरुङले गत बर्ष १ लाख रुपैंया वढी आमदानी गरेको वताईन् । घर भित्र पानी नपर्ने र नजम्ने ठाउँमा राम्ररी फस्टाउने यो फुल अन्य प्रजातीको फुल नफुल्ने सिजनमा फुल्छ । बेमौषममा फुल्ने भएकाले यो फुलले बर्षादको समयमा समेत बसन्त ऋतुको जस्तै शौन्दर्य दिन्छ । जसले गर्दा यो फुलको माग उच्च छ । बेगोनीयसी परिवारमा पर्ने यो फुलका प्रजाती संसारभर २ हजार छन् । रातो, बैजनी, गुलावी, पंहेलो, सेतो, सून्तला लगायतका १५ वढी कलरका फुल यहां स्थानीयले घरमा लगाएका छन् ।
देख्दा राम्रो देखीने तर सुगन्ध नछर्ने यि प्रजातीका फुलको विशेषता हो । यहांको हावापानीमा जेठ महिनाको अन्तीम साता देखी फुल्न शुरु गर्ने यो फुल लगातार ५ महिना सम्म फुलीरहन्छ । हिंउद याममा भने यसको काण्ड सुकेर फेदमा गानो मात्र बाँकी रहन्छ । यही गानो काटेर विरुवाको विस्तार गरिन्छ । तर पछिल्लो समय केही स्थानीयले फुल बाट विज तयार गरी विरुवा उमारेर खेती समेत गर्न थालेका छन् ।
गुरुङ समुदायको बाक्लो वस्ती रहेको टुटे देउरालीका सवै जसो घरको अगाडी यही फुल रोपीएको छ । फुलले घर र पुरै वस्तीलाई सौन्दर्य दिएको स्थानीय डिक वहादुर गुरुङले वताए । यहांका हरेक घरका अगाडी वार्दलीमा राखीएका गमलामा फुलेका फुल किन्न र माग्नेहरुको भिड नै लाग्ने गरेको छ ।
घरको शोभा वढाउन र शौन्दर्यका लागि सजाएर राखीएका यि फुल सवैले विक्री गर्न मान्दैनन् । ‘किन्न माग्ने धेरै आउछन्’ टुटे गाउँका भिम गुरुङले भने ‘हामी पनि यो फुलका प्रजातीको संकलनमै छौं, अहिले नै त विक्री गर्ने अवस्था छैन् ।’ उनले आफ्नो घरको अगाडी र आसपासका क्षेत्रमा ५० हजार रुपैंया वढी खर्च गरेर विभिन्न रङगका यो फुल रोपेका छन् । अब केही बर्ष पछि देखी भने विक्री गर्ने सोचाईमा उनी छन् । स्थानीयले प्लाष्टिकका गमलामा भेडा बाख्रा, र गाई भैंसीको मल लगाएर यो फुलको खेती लगाउने गरेका छन् ।
विश्वभर चर्चित रहेको यो फुल अमेरीका, ब्राजिल, अर्जेन्टीना तथा भारतको दार्जिलिङमा अत्याधिक खेती हुने गरेको छ । यो फुलको सेवनले पाचन प्रकृयालाई सहज वनाउनुका साथै झाडा बान्ता र कलेजोको समस्या भएका विरामीलाई फाईदा पु¥याउने विभिन्न पुस्तकमा उल्लेख छ ।