Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, माघ १३, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
बन/वातावरण
  • Home
  • News
  • आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
64x64
शुक्रवार, आश्विन ९, २०७७ तुलसी संग्रौला

तेह्रथुम । तिनजुरे रातपोखरी सामुदायिक वन रणा कालमा मझियाहरुको खर्कको रुपमा धेरै बर्ष सम्म रहेको थियो । यस पछि स्थानीयबासीले बस्तु बाख्रा चराउने चरनको रुपमा प्रयोग गर्दै आए । यस्तो किसिमको भोगचलन २०३४ सालको सर्भे नापी सम्म रह्यो । सर्भे नापी हुन पूर्व स्थानीय मानिसहरुको स्वामित्वमा रहँदा सम्म वनको हैसियत एकदमै राम्रो थियो ।

२०३४ सालको सर्भे नापी पछि वन राष्ट्रियकरण भयो¸स्थानीयले आफ्नो स्वामित्व खोसिएको महसुस गरे । त्यस पछि वनको राम्रो संरक्षण हुन सकेन । स्थानीयले मनलागी वन पैदावारको उपयोग गर्दा वन विनास हुन पुग्यो । वन विनास भइ रहँदा स्थानीय अगुवाहरुलाइ चिन्ता बढ्यो । भावी पुस्ताले कसरी वन पैदावार उपयोग गर्न पाउलान भनेर । गाउँभरीका मानिसहरु भेला भएर अव कसरी यस वनलाइ बचाउन सकिन्छ भन्ने बिषयमा ब्यापक छलफल गरे । अन्तत अब सामुदायिक वन गठन तथा हस्तान्तरणका निम्ति जानु पर्छ भन्ने किष्कर्श निकाले र बसन्तपर रेञ्जपोष्टमा एक प्रतिनिधी समुह गइ सामुदायिक वन गठनका लागि निवेदन दिए ।

बसन्तपुर रेञ्जपोष्टको सकृयतामा २०५१ सालमा सामुदायिक वन गठन भयो । वनका विचमा रहेको रातपोखरी र वनको थाप्लोमा रहेको तिनजुरे पहाडका नामबाट तिनजुरेको नाम बाट सामुदायिक वनको नाम तिनजुरे रातपोखरी राखियो र २०५२ साल भाद्र ६ गते स्थानीय समुदायलाइ संरक्षण¸संबर्धन र उपयोग गर्ने गरी हस्तान्तरण भयो । स्थानीय उपभोक्ताहरुको दैनिक आवश्यक्ताको रुपमा रहेको घाँस¸दाउरा¸स्याउँला¸सोत्तर र काठ परिपुर्ती गर्नुका साथै तीनजुरे क्षेत्रको भिरालो भु भागको माटोको क्षयीकरण रोक्ने उद्धेश्यले वन हस्तान्तरण तथा ग्रहण गर्ने कार्य भयो ।

तिनजुरे¸मिल्के¸जलजले क्षेत्र जुन गुराँसको राजधानीको रुपमा परिचित छ । साथै वन तथा जैविक विविधताको हिसावले अत्यन्तै महत्वपुर्ण क्षेत्रको रुपमा रहेको छ । यस क्षेत्रलाइ पर्यापर्यटनको लागि पनि अत्यन्तै धेरै संभावना भएको महत्वपुर्ण क्षेत्रको रुपमा लिइएको छ । यसै क्षेत्र भित्र रहेको यस तिनजुरे रातपोखरी सामुदायिक वन समुद्र सतह देखि २१०० मिटर देखि २९०० मिटरको उचाइमा रहेको छ । यस सामुदायिक वनको कुल क्षेत्रफल ५२३।१६ हेक्टर रहेको छ । जसको ब्यवस्थापन तथा संरक्षण¸संवर्धन र उपयोग ३४७ घरधुरी उपभोक्ताहरुले गरिरहेका छन । सामुदायिक वनलाइ विभिन्न ८ वटा ब्लकमा विभाजन गरिएको छ । कुल ३४७ घरधुरीका १८७२ जनसंख्या मध्ये महिला ८५० र पुरुष ९२२ रहेको छ । आदिबासी जनजातीहरुको सधन बसोबास रहेको यस क्षेत्रमा कुल ३४७ घरधुरी उपभोक्ताहरु मध्ये जनजाती ३२९¸बाहुन क्षेत्री ८६ र दलित १८ घरधुरी रहेका छन । सामुदायिक वन उपभोक्ता समुहमा हाल छत्रबहादुर खड्काले नेतृत्व गरेका छन भने १३ सदस्य रहेको कार्यसमिति कार्यरत छ ।

वनको दिगो ब्यवस्थापन गरी स्थानीय उपभोक्ताहरुलाइ आवश्यक पर्ने घाँस¸स्याउला¸सोत्तर¸हलो हरिस¸खाँवा¸काठ र दाउराको सहज उपलब्ध गर्ने गराउने र भुक्षय नियन्त्रण गर्ने मुल उद्धेश्यले सामुदायिक वन गठन भएको हो । यो वन प्राकृतिक वन हो । चौडापाते र चौडापात नहुने Pine Species प्रजातीका बनस्पतीहरु रहेका छन । सामुदायिक वन हस्तान्तरणको समयमा वनको अवस्था निकै नाजुक रुहेको थियो । खोरिया फाँड्ने लगायत विभिन्न ठाउँबाट बसाइ सरी आएका मानिसहरुबाट वनको अतिक्रमण भएको थियो । तथापी पुनरुत्पादनको अवस्था भने राम्रो थियो । उपभोक्ताहरुले खाली र नाङ्गा ठाउँमा वृक्षारोपण गरी विरुवा हुर्काइ वनमा परिणत गरेका छन । सामुदायिक वन उपभोक्ता समूह आफैले नर्सरी गरी विरुवा उत्पादन गरी खाली भागमा रोप्नका साथै अन्यत्र पनि बिक्री गर्दै आएको छ ।  जंगली जनावर र चराचुरुङ्गीहरुलाइ पानी पिउन सहजता र चिस्यानको लागि रातपोखरीलाइ ब्यवस्थित गरिएको छ ।

यस पोखरीको पानी हिंउदको समयमा ताजा तरकारी खेतीका लागि सिंचाइ गर्न पनि प्रयोग गरिन्छ । काँचा रुखहरु प्राय काटिन्न¸ हिंउ पर्दा ढलेका ढलापडा र सुख्खा खडा रुखहरु मात्र प्रयोग गरिन्छ । उपभोक्ताको माग र आवश्यक्ताको पहिचान गरी अत्यावश्यक वन पैदावार तोकिएको शुल्क लिइ उपलब्ध गराइन्छ । समुहलाइ हस्तान्तरण भएको २३ बर्षको अवधीमा उल्लेखिय परिवर्तन भएको छ । रोपिएका विरुवाहरु हेरालु राखी सन्तोषजनक रुपमा हुर्काइएका छन । चोरी शिकारी र वन पैदावार चोरी नियन्त्रण गर्न पालो पहरा पद्धती अपनाइएको छ । वनको संरक्षण तथा ब्यवस्थापन समुहका सबै उपभोक्ताहरु मिलेर गर्ने गरेका छन । सामुदायिक वनबाट घाँस बाह्रै महिना निकाल्न दिइएको छ भने दाउरा र काठका लागि हिंउदे आमभेला गरी संकलित माग र वन पैदावरको संचिती बमोजिम उपलब्ध गराईने गरीएको छ ।

क्षयिकरण भएको वन सामुदायिक वनको रुपमा स्थानीय उपभोक्ताहरुलाइ हस्तान्तरण गरे पछि वनको संरक्षण¸संवर्धन राम्रो हुनका साथै खाली र नाङ्गो भागमा वृक्षारोपण गरी रुखहरु हुर्काइएको छ । पुनरुत्पादन राम्रो रहेको यस सामुदायिक वनमा वन डडेलो नियन्त्रण र चरीचरन बन्द भए पछि विरुवाहरु हलक्कै बढेका छन । गैह्रकाष्ठ वन पैदावारहरु चिराइतो¸ अर्गेली¸ लोक्ता¸ मजिटो¸ वनमुला¸ सतुवा¸ सुनलहरो¸ पाँच औंले¸ चिमफिङ आदीको संरक्षण तथा खेति गरिएको छ । वन घना भएको छ भने जंगली जनावरह र चराचुरुङ्गीहरु पनि बढेका छन । सिमसार क्षेत्रको संरक्षण र ठाउँ ठाउँमा पोखरी निर्माण गरे पछि जंगली जनावर र चराहलाइ पिउने पानीको सुविधा भए पछि उनिहरुले बास्थान परिवर्तन गरेका छन । सिमसार क्षेत्रमा विभिन्न किसिमका चराहरु देखिन लागेका छन ।

यो सामुदायिक वन तिनजुरे मिल्के जलजले क्षेत्र भित्रको प्राकृतिक वन हो । सम–सितोष्ण Sub Topical Forest भएको हुँदा प्रजाती चौडापाते र पाइन प्रजातीहरु पनि रहेका छन । यस सामुदायिक वनमा बनस्पतीहरुमा सल्लो¸ उत्तिस¸ गुराँस¸ फलाँट¸लोडसल्ला¸ खस्रु¸ बाँझ¸ सेतीकाठ¸ खोल्मे¸ खराने¸ चिमालो¸ गोब्रे सल्लो¸ चाँप¸ पात्ले¸ चिलाउने¸ अंगेरी¸ फलाट  लगायत छन । लहराहरुमा सुनलहरो¸ मजिटो¸ गुर्जो¸ इन्द्रणी रहेका छन । गैह्रकाष्ठ वन पैदावारहरुमा चिराइतो¸ इन्द्रणी¸ वन लसुन¸  लोक्ता¸ अर्गेली¸ पाँचऔंले¸ सतुवा¸ वन मुला¸ मजिटो लगायत रहेका छन । रुखहरुमा बिभिन्न किसिमका झ्याउहरु¸हडचुर र सुनाखरी पाइन्छ । 

वन जंगली जनावरहरुमा मृग¸ चित्तल¸ स्याल¸ भालु¸ बाँदर¸ ढेडु¸ सेतो बाँदर¸ चरीबाघ¸ सालक¸ दुम्सी¸मलसाँप्रो रहेका छन । कहिले कंहि हाब्रे Read Panda पनि जंगलमा आवत जावत गर्दछन । चराचुरुङ्गीहरुमा कोइली¸ डाँफे¸ ढुकुर¸ रुपी¸ वनकुखुरा¸ बट्टाइ¸ काग¸ लाटोकोसेरो¸ कालिज¸ चिल आदी रहेका छन । घस्रने जनावरहरुमा विभन्न प्रकारका सापहरु¸गोहोरो रहेका छन । सम्रगमा वनमा औषत विरुवा प्रति हेक्टर ५२५०¸लाथ्रा ११००¸पोल ४५० प्रति हेक्टर र रुख ११० घन मिटर/हेक्टर रहेको छ । प्रति हेक्टर मौजदात २६१।८१ घम मिटर रहेको छ र औषत बृद्धिदर ३ प्रतिशत रहेको छ । औषत बार्षिक कटान सिफारिस ४० प्रतशत  रहेको छ ।

सामुदायिक वन बाट गरीब तथा विपन्न उपभोक्ताहरुले न्युन शुल्क तिरी बाह्रै महिना घाँस उपयोग गर्न पाउने र सामुदायिक वनमा प्रसस्त घाँस रहेकाले उपभोक्ताहरुले पशुपालनलाइ बिशेष जोड दिएका छन । पशु पालन संगै प्रसस्त गोठेमल उत्पादन हुने भएकाले अर्गेनीक तरकारी खेति गरी उल्लेखिय आम्दानी गर्दै आएका छन । उनिहरुलाइ पशु पालन तथा तरकारी खेति ब्यवसाय संचालनका निम्ति सामुदायिक वन उपभोक्ता समुहबाट अति गरीबलाइ ६ प्रतिशत ब्याजमा र गरीबलाइ १२ प्रतिशत ब्याजमा ऋण सापटीको सुविधा रहेको छ । यहाँका उपभोक्ताहरुले उत्पादन गरेको तरकारी खास गरी आलु¸बन्दा¸मटर कोसा धरान विराटनगर र भातको सिलिगुडी सम्म निर्यात हुन्छ । उनिहरुले उत्पादन गरेको दुध नजिकै लसुने बजारमा रहेको डेरीमा बिक्री गर्दछन । यस सामुदायिक वनका उपभोक्ताहरुको मूख्य आम्दानीको श्रोत तरकारी खेती र पशुपालन ब्यावसाय नै हो । यस सामुदायिक वनले ८ लाख रुपैया घुम्तिकोषको रुपमा ऋण सहयोग गरेको छ । ऋण सहयोग पाउनेमा पहिलो प्राथमिकतामा समुदायका सबै भन्दा विपन्नहरु पर्दछन । सामुदायिक वन उपभोक्ता समुहले एक ब्यावसायिक नर्सरीको स्थापना तथा संचालन गर्दै आएको छ । नर्सरीमा दाँते ओखर¸लौठ सल्ला¸चाँप¸नेभारो¸टिम्वुर¸गुराँसका विरुवा उत्पादन भएका छन । सामुदायिक वनले विरुवा बिक्री गरी बार्षिक १० लाख बढी आम्दानी गर्दछ ।

यस सामुदायिक वनको माध्यमबाट बिशेष गरी समुदायका विपन्न उपभोक्ताहरुलाइ कृषि र पशुपालन जन्य ब्यावसायमा उल्लेख्य सहयोग गरेको छ । जलवायु परिवर्तन र मानव स्वास्थ्यलाइ ध्यानमा राखि इको भिलेजको अवधारणा सुरु गरेको छ । जलवायु परिवर्तन अनुकुलनका धेरै कामहरु गरेको छ । फोहोर ब्यवस्थापन¸ वातावरणमैत्री इको भिलेज निर्माण¸रासायनिक मलखाद्य र बिषादीको प्रयोग न्युन गरेको छ । सबै उपभोक्ता घरधुरीमा सौचालय निर्माण तथा प्रयोग¸ धुँवा रहित चुलोको प्रयोग¸घरवरिपरीको सरसफाइमा बिशेष जोड दिएको छ । स्थानीय अनुकुलन योजना निर्माण गरी कार्यान्वयन गरिरहेको छ ।

यसका साथै तिनजुरे मिल्के क्षेत्र पर्यटकिय क्षेत्र समेत भएकाले यस सामुदायिक वनले पर्यटनलाइ जोड दिएको छ । रातपोखरी¸पात्ले पोखरीको मर्मत सम्भार गरी आकर्षक पोखरी निर्माण गरेको छ । सामुदायिक वन भित्रका सिमसारको संरक्षण तथा ब्यवस्थापन पछि बिभिन्न घुमन्ते चराहरु आएका छन । नेपालमा पाइने ३१ प्रजातीका गुराँस मध्ये करिव २८ प्रजातीका गुराँसहरुको संरक्षण गरेको छ । नागीहरु¸चउरहरुको ब्यवस्थापन गरी भेडा¸च्याङ्ग्रा¸चौंरीको अवलोकन गराइन्छ । सामुदायिक वन भित्र गुराँस नमुना प्लट¸चाँपको नमुना प्लट¸लौठसल्लाको नमुना प्लट¸पाउलोनिया नमुना प्लट¸ब्यावसायिक नर्सरी निर्माण तथा संचालन¸वनभोज स्थल निर्माण समेतका कुराले आन्तरिक पर्यटनमा टेवा पुगेको छ ।

सामुदायिक वन उपभोक्ता समुहले वन क्षेत्रका विभिन्न भागमा वाढी तथा पहिरो नियन्त्रणका लागि वायो इन्जिनियरिङको अभ्यास गरेको छ । सामुदायिक वनको कोषबाट विपन्न घरधुरीमा खाने पानीको ब्यवस्था मिलाएको छ । विद्यूत जडानमा सहयोग गरेको छ । सामुदायिक वनको कोषमा करिव २० लाख रुपैया बचत घुम्ति कोषको रुपमा रहेको छ । यस सामुदायिक वनले स्कुल वन पाठशालाको अभ्यास गरेको छ । माध्यामिक विद्यालयका विद्यार्थिहलाइ जलवायु परिवर्तन अनुकुल सम्वन्धि आधारभुत सचेतिकरण कक्षाहरु संचालन गरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरु र विकास साझेदारलाइ वन तथा जैविक विविधता संरक्षण सम्वन्धि अभिमुखिकरण गरेको छ ।

यस सामुदायिक वनको मुख्य आम्दानीको श्रोत भनेको प्रवेश शुल्क¸सदस्यता नविकरण शुल्क¸काठ दाउरा बिक्री बाट प्राप्त आम्दानी नै हो । यस सावउसको गत आर्थिक बर्षमा मात्र करिब १० लाख रुपैयाका विरुवा विक्री गरेको छ । सामुदायिक वनको आम्दानी खर्चलाइ ब्यवस्थित र पारदर्शी बनाउन दोहोरो लेखा पर्णाली अनुसार लेखा राखिएको छ । उपभोक्ता समुहको मासिक बैठक बस्छ र कहिले काँही आवश्यक परे अन्य समयमा पनि बैठक बस्न सक्छ । बर्षमा २ पटक आमभेला गरिन्छ र  सामुदायिक वनको आम्दानी खर्चको सार्वजनिक सुनुवाइ आमभेलामा हुने गर्दछ । आर्थिक बर्ष समाप्त भए पछि मान्यता प्राप्त लेखा परिक्षक बाट लेखा परिक्षण गराइन्छ र सम्वन्धित नगरपालिका र डिभिजन वन कार्यालयमा लेखापरिक्षण प्रतिवेदनको छाया प्रती उपलब्ध गराइने छ ।

सामुदायिक वन उपभोक्ता समुहको आम्दानी खर्च समेतलाइ अनुगमन¸ मूल्याङ्कन¸ पृष्ठपोषण र नियमन समेत गर्नेगरी एक लेखा समिति पनि निर्माण गरिएको  छ  । यही लेखा समितिले आर्थिक बर्ष समाप्त भए पछी आन्तरिक लेखा परिक्षण गरी आमभेलाबाट अनुमोदन गराउँछ र त्यसपछि लेखा परिक्षण गराइन्छ । सामुदायिक वनले आर्थिक ऐन तथा कानुनमा ब्यवस्था भए अनुसारको कर तथा राजश्व बुझाउने गरेको छ ।

समुहको विधान तथा वन कार्ययोजना विपरित काम गर्नेलाइ विधानमा ब्यवस्था भए अनुसार कारवाही गरिन्छ र क्षति र नोक्शानीको प्रकृती हेरी प्रशासन कार्यालयमा मुद्धा चलाउने वा सव डिभिजन/डिभिजन वन कार्यालयमा कारवाहीको लागि माग सिफारिस समेत गरिन्छ ।

सामुदायिक वनका उपभोक्ताहरुलाइ घाँस¸स्याउँला र सोत्तर बाह्रै महिना निशुल्क रुपमा उपलब्ध हुन्छ । समुह बाहिरका मानिसहरुलाइ सामुदायिक वन क्षेत्र भित्र प्रवेश गर्न र वन पैदावार संकलन¸वसार पसार गर्न पुरै प्रतिवन्ध लगाइएको छ । कोही कसैले त्यस्तो कार्य गरे विगो र क्षती अनुसारको कारवाही गरिन्छ । दाउरा र काठको लागि हरियो र खडा रुख प्रयोग गरिन्न । यसका लागि मंसिर देखि बैसाख सम्म ढलापडा¸सुख्खड खडा रुखहरु कटान¸संकलन र बिक्री बितरण गरिन्छ । उपभोक्ताहरुलाइ बास्तविक आवश्यक्ताको स्थलगत निरिक्षण गरेर घर बनाउनका लागि खावा¸वला र काठ उपलब्ध गराइने छ । यसरी उपलब्ध गराइने काठको कार्ययोजनामा तोकिए अनुसारको मूल्य भुक्तानी गर्नु पर्ने छ । दाउराको हकमा बार्षिक बढीमा ५० भारी दाउरा उपलब्ध गराइन्छ । सव दहन र सामाजिक साँस्कृतिक (विहे¸ पुराण¸ बर्खी) कार्यको लागि दाउरा निशुल्क उपलब्ध गराइने चलन छ । यस सावउसका करीव ९५ प्रतिशत घरधुरीका उपभोक्ताहरुले खाना पकाउनका लागि दाउराको प्रयोग गर्दछन । बाँकी उपभोक्ताहरुले खाना तयार गर्न बाहेक खोले पकाउन¸जाँड तथा रक्सी पकाउन र जाडो समयमा आगो ताप्नका लागि दाउराको प्रयोग गर्दछन ।

सामुदायिक वन उपभोक्ता समुहमा १३ सदस्यीय कार्यसमिति छ । कार्य समितिमा ६ जाना महिला र  ७ जाना पुरुष छन । अध्यक्ष र कोषाध्यक्ष पुरुष तथा उपाध्यक्ष र महासचिब महिला छन । जातीय रुपमा कार्यसमितिमा बाहुन क्षेत्री ५ जनजाती ७ जाना दलित १ जाना रहेका छन । सामुदायिक वन उपभोक्ता समुहको बैंक खाता संचालनमा कोषाध्यक्ष (महिला) अनिवार्य हुने प्रावधान राखिएको छ । सामुदायिक वनको आमसभाले वन पैदावारको मूल्य संशोधन¸घरधुरी थप¸निस्कासन¸बार्षिक समिक्षा र कार्ययोजना निर्माण¸आम्दानी खर्चको अनुमोदन गर्दछ ।  वन कार्ययोजनामा घरमुली पुरुष र महिला दुवैको नाम लेखिने गरेको छ । घुम्तिकोष खास गरी महिलाहरुका लागि मात्र उपलब्ध गराइन्छ । विपन्न¸पिछडा बर्ग¸दलित र महिलाका लागि वन कार्ययोजनामा अवसर र सुविधामा विशेष प्राधान राखिएको छ । घुम्तिकोषको रकम सरल ब्याजमा सापटी लिइ विपन्न महिला¸गरीब¸ दलितहरुले आर्गेनिक तरकारी खेति¸पशुपालन र साना ब्यावसाय संचालन गरी मनग्य आम्दानी गरेका छन । प्राप्त आम्दानीले बालवालिका पढाउन फि तिर्न¸लुगा कपडा किन्न¸विरामी हुँदा औषधी उपचार गर्न र चाडबाड मनाउन सहयोग पुगेको छ ।

सामुदायिक वन भित्र भएका सडक लगायतका भौतिक पूर्वाधार निर्माण बाट भएको वन तथा जैविक विविधताको क्षती¸गुराँसका वनमा उपभोक्ताको चाप¸ वन क्षेत्रबाट बिद्युत विस्तार¸चोरी शिकार¸जडिबुटी तथा गैह्रकाष्ठको चोरी  र बर्षेनी पानीका स्रोतहरु सुक्दै जानु मूख्य समस्या तथा चुनौतिको रुपमा रहेको छ । वनमा नयाँ र मिचाह प्रजातीका वनस्पतीहरुले रैथाने प्रजाती बिस्थापन गर्नु अर्को सबै भन्दा ठुलो चुनौती रहेको छ ।  

यती धेरै चुनौती हुँदा हुँदै पनि सामुदायिक वनलाइ आयआर्जन तथा जीविकोपार्जन¸ब्यावसायिक नर्सरी र पर्यटन विकासलाइ मूख्य आम्दानीको स्रोतको रुपमा विकास तथा बिस्तार गर्ने कार्यको सुरुवात भएको छ । सामुदायिक वनको बिच बिचमा रहेका खाली स्थानमा विरुवा रोप्ने ( खास गरी फलफुल जातका) सिमसार क्षेत्रको संरक्षण गरी पोखरी निर्माण गर्ने¸पर्यटनसंग सम्वन्धित अन्य थप विभिन्न कामहरु गर्ने योजना रहेको छ ।

लेखक सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश १ का अध्यक्ष हुन् ।

 


प्रकाशित मिति: शुक्रवार, आश्विन ९, २०७७, ०५:३०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जलवायु परिवर्तन न्युनिकरणका लागि तालिम
आगामी ३ दिनको मौसम पूर्वानुमान यस्तो छ
मेघगर्जन सहित वर्षाको सम्भावना, सतर्क रहन मौषम विभागको अनुरोध
चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने
बन/वातावरण
आगामी तीन दिन मुलुकभर हिमपात सहित भारी वर्षाको सम्भावना
64x64
सोमवार, कार्तिक १, २०७८ समय खवर
पुरा पढ्नुहोस्
बन/वातावरण
बेमौषमको विध्वंसकारी मनसुन
64x64
बुधवार, आश्विन ७, २०७७ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात आइतवार, पुष २४, २०७९
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2023 All rights reserved.
Site by: SoftNEP