काठमाडौँ । नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्यामा १ हजार ९९९ बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुको माग पछि संख्या थपिएको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए । बिहीबारको स्थायी कमिटी बैठकले १५ सय ३६ जना प्रतिनिधि बनाउने गरी मापदण्ड तय गरेको थियो ।
बैठकमा उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्यहरु हिक्मत कार्की, झपट रावल सहितका नेताहरुले प्रतिनिधिहरुको संख्या बढाउनु पर्ने माग गरेका थिए । एमाले केन्द्रीय कमिटी बैठकले कात्तिक २७ गते शनिबार देशभर एकैदिन प्रतिनिधिको छनोट गर्ने निर्णय गरेको नीरज आचार्यले बताए । एमालेले केन्द्रीय नेतृत्व छनोट गर्नका लागि आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा राष्ट्रिय महाधिवेशन गर्दैछ ।