तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका शुक्रवारे वजारमा संचालीत एक हप्ते आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । ताक्लुङ मिडीया प्राली शुक्रवारेले आयोजना गरेको तालिममा छथर गाउँपालिका क्षेत्र भित्रका २७ जना युवा युवतीको सहभागीता थियो ।
सहभागीहरुहरुलाई कान्तिपुर दैनिकका पत्रकार तथा रेडियो तीनजुरेका निर्देशक चन्द्र कार्कीले प्रशिक्षण दिनुभएको थियो । सहभागीहरुलाई रेडियो पत्रकारिता, अनलाईन पत्रकारिता, टेलीभिजन पत्रकारिता तथा छापा माद्यामको आधारभुत पत्रकारिताका विषयमा प्रशिक्षण दिईएको प्रशिक्षक कार्कीले जानकारी दिनुभयो ।
तालिममा समाचार लेखन, कार्यक्रम उत्पादन तथा प्रशारण, अन्तरबार्ता, रेडियो म्यागेजीन कार्यक्रम तयारी तथा उत्पादन, रेडियो उद्घोषण लगायतका बिषयमा छलफल भएको आयोजक संस्थाका सदस्य रोषन खुलालले वताउनु भयो । छथर गाउँपालिकाको आर्थिक सहयोगमा तालिमको आयोजना भएका हो । तालिम समापन कार्यक्रममा बोल्दै छथर गाउँपालिकाका अध्यक्ष सन्तविर लिम्वुले पत्रकारिता क्षेत्रको विकासका लागि गाउँपालिकाले आगामी दिनमा पनि सहयोग गर्दै जाने वताउनु भयो ।
