Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बुधवार, जेठ ११, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
मानसिक रुपमा फ्रेस हुने १० उपाय
निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा कांग्रेस विजयी
केपी ओलीको जन्मगाउँ आठराईमा नेपाली कांग्रेस वहुमत सहित विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ६ मा एमाले विजयी
राजनीति
  • Home
  • News
  • प्रदेश १ मा कांग्रेस-एमाले सहकार्यको सम्भावना
प्रदेश १ मा कांग्रेस-एमाले सहकार्यको सम्भावना
आधा कार्यकाल नपाए सत्तारूढ गठबन्धनबाट बाहिर निक्लेर एकल सरकार बनाउने कांग्रेसको तयारी
64x64
बिहिवार, कार्तिक ११, २०७८ समय खवर

मोरङ । प्रदेश १ सरकारमा आधा कार्यकाल नेतृत्व गर्न नपाए कांग्रेसले अन्य दलको समर्थनमा एकल सरकार बनाउने तयारी गरेको छ । यसका लागि सत्तारूढ दलसँगको गठबन्धनबाट बाहिर निक्लेर प्रमुख प्रतिपक्ष एमालेसँग सहकार्य गर्नसमेत कांग्रेस तयार देखिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले यसको संकेत दिएका छन् । ओलीले शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा ‘प्रदेश १ मा जे पनि हुन सक्ने’ बताएका थिए । उनले भनेका थिए, ‘अहिले राजनीतिमा केही यकिन भइहाल्दैन किनकि सर्फेसमा जे देख्या हुन्छ त्यही मात्रै हुँदैन कहिलेकाहीं । प्रदेशसभाको बैठक कात्तिक १५ गतेसम्म किन स्थगित भएको हो रु त्यसबाट पनि बुझ्नुपर्छ, त्यसैले जे पनि हुन सक्छ ।’ ओलीको भनाइको आधारमा पनि कांग्रेसले आधा कार्यकाल नपाए एमालेको समर्थनमा एकल सरकार गठन गर्ने सम्भावना देखिन्छ ।

सत्तारूढ गठबन्धनले वाग्मती प्रदेशमा नेकपा एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल बाँड्ने सहमति गर्ने तर कांग्रेसको राजनीतिक राजधानी तथा आधार क्षेत्र प्रदेश १ मा सिंगो कार्यकाल एकीकृत समाजवादीलाई दिने गठबन्धनको निर्णय मान्य नहुने प्रदेश सांसदहरूले बताएका छन् । प्रदेश १ मा शेखर कोइरालानिकट राजीव कोइराला मुख्यमन्त्री बन्ने भएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीलाई प्रदेश सरकारको पूर्ण नेतृत्व दिने सहमति गठबन्धनमा गरेको प्रदेश सांसदहरूको आरोप छ ।

प्रदेश १ मा कांग्रेस नेता कोइराला मुख्यमन्त्री बने पार्टीको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाको प्रभाव बढ्ने भएकाले देउवाले पूर्ण कार्यकाल एकीकृत समाजवादीलाई दिने सहमति गरेको सांसदहरूको बुझाइ छ । देउवाले विभेद गरे सत्तारूढ गठबन्धनको निर्णयलाई चुनौती दिँदै एमालेको समर्थनमा एकल सरकार निर्माण गर्ने प्रमुख प्रतिपक्षी कांग्रेसले तयारी गरेको छ ।

कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बूले अहिले गठबन्धनलाई जोगाएर अघि बढ्ने रणनीति भएको तर अन्य दलको समर्थनमा कांग्रेसको एकल सरकार निर्माण हुने अवस्था बने त्यसलाई स्विकार्ने बताए । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले अहिलेको गठबन्धन र प्रदेशमा पार्टीको राजनीतिसमेत जोगाउँदै अघि बढ्ने तत्कालको रणनीति भएको बताए । ‘प्रदेश १ सरकारको नेतृत्वमा कांग्रेसले न्यूनतम आधा कार्यकाल पाउनुपर्ने मागसहित अहिले पार्टीभित्र संघर्ष गरिरहेका छौं,’ उनले भने, ‘राजनीति सम्भावनाको खेल भए पनि तत्काल गठबन्धनलाई जोगाएरै अघि बढ्ने तयारी छ ।’

कांग्रेसको राजनीतिक अन्तरविरोधले प्रदेश १ सभाको बैठक कात्तिक ७ गते सूचना टाँसेर १५ गतेसम्मका लागि स्थगित गरिएको छ । सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसले बैठक स्थगनका लागि निवदेन दिएपछि सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक १५ गते सोमबार दिउँसो १२स्३० बजेसम्मका लागि सदन स्थगित गरेका हुन् ।

मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा कात्तिक ५ गते विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा १५ गते टुंगियाउने कार्यसूची छ । तर विश्वासको मत नपाउने अवस्था देखिए राजीनामा दिएर मार्गप्रशस्त गर्ने एमालेका एक सांसदले बताए । आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ ।

९२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १र१ जना प्रदेश सांसद छन् । एमाले सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छिन् । ई–कान्तिपुर बाट ।


प्रकाशित मिति: बिहिवार, कार्तिक ११, २०७८, १०:१७:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा कांग्रेस विजयी
राजनीति
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा कांग्रेस विजयी
64x64
सोमवार, जेठ २, २०७९ समय खवर
पुरा पढ्नुहोस्
राजनीति
केपी ओलीको जन्मगाउँ आठराईमा नेपाली कांग्रेस वहुमत सहित विजयी
64x64
सोमवार, जेठ २, २०७९ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ बिहिवार, जेठ ५, २०७९
मानसिक रुपमा फ्रेस हुने १० उपाय
निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा कांग्रेस विजयी
केपी ओलीको जन्मगाउँ आठराईमा नेपाली कांग्रेस वहुमत सहित विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ६ मा एमाले विजयी
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2022 All rights reserved.
Site by: SoftNEP