Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बुधवार, जेठ ११, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
मानसिक रुपमा फ्रेस हुने १० उपाय
निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा कांग्रेस विजयी
केपी ओलीको जन्मगाउँ आठराईमा नेपाली कांग्रेस वहुमत सहित विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ६ मा एमाले विजयी
राजनीति
  • Home
  • News
  • मौन अवधि शुरु, के गर्न हुन्छ ? के हुदैन ।
मौन अवधि शुरु, के गर्न हुन्छ ? के हुदैन ।
64x64
बुधवार, बैशाख २८, २०७९ समय खवर

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि सुरु भएको छ । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागु हुन्छ ।

मौन अवधि मतदान नसकिए सम्म जारी रहन्छ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचार प्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचार प्रसारका काम गर्न पाउँदैनन् । दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लगाइएको छ ।

मंगलबार अपरान्ह निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ठट्यौली शैलीमा मौन अवधिमा उम्मेदवार र मतदातालाई बन्देज नलागेको क्रियाकलापको विवरण सुनाए । ‘हरेक उम्मेदवारले मनमनै मैले चुनाव जित्छु कि जित्दिनँ मैले कस्तो प्रचारप्रसार गरेछु भनेर स्मरण र समीक्षा गर्न पाउनेछन्’ उनले भने, ‘त्यो बाहेक प्रचारप्रसार र अरु क्रियाकलाप गर्न पाउदैनन् ।’

मौन अवधि संवेदनशील रहने उल्लेख गर्दै उनले मतदातालाई पनि सजगता अपनाउन आग्रह गरेका छन् । ‘प्रत्येक मतदाता परिचयपत्र लिन जान पाउने । त्यही नै हामीले मतदाता शिक्षा भनेर स्वयंसेवक र कर्मचारीबाट मतदाता शिक्षाको बन्दोबस्त गरेका छौं’ उनले भने, ‘कसरी मतदान गर्ने, स्वस्तिक कसरी लगाउने रु मतपत्र कसरी पट्याउने भनेर सिक्न जान पाउने ।’

मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भनेर मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ ।

शान्त वातावरणमा निर्वाचन गर्न, अनि उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गर्ने प्रचलन छ । मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ । निर्वाचन आचारसंहितामा भनिएको छ, ‘दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले पत्रकार सम्मेलनमा मौन अवधिभन्दा अगाडि राखिएका भौतिक प्रचार सामग्री समेत हटाइदिन राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरे । उनले सामाजिक सञ्जालमा पनि मौन अवधि सुरु भएपछि प्रचारप्रसारका सामग्री नराख्न सुझाव दिए । उनले भने, सामाजिक सञ्जालका कुनै पनि खातामा सामग्री नराखिदिनुहोला । छ भने झिकिदिनुहोला, पूर्ववत् अवस्थामा गइदिनुहोला ।’

निर्वाचन आयोगले सामाजिक सञ्जाल, सञ्चारमाध्यम लगायत अन्य उपायबाट राजनीतिक दल, उम्मेदवारको पक्ष–विपक्षमा सन्देश, सूचना र प्रचारप्रसार सामग्री राख्न र सेयर गर्न समेत रोक लगाएको छ । आचारसंहिता पालना र मौन अवधिमा पालनाको अनुगमन गर्न आयोगले १९ जिल्लामा सहसचिवको नेतृत्वमा टोली पठाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार, उनीहरुले प्रचारप्रसार मौन अवधि र मतगणनाको समेत अनुगमन गरी निर्वाचन आयोगमा प्रतिवेदन बुझाउनेछन् ।

मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि शान्त हुने भएकाले मतदानको वातावरण बन्छ र मतदाताहरु उत्साहित भएर मतदान गर्छन् भन्ने अपेक्षा गरिन्छ । यदि शून्य अवधिको व्यवस्था नराख्ने हो र मतदानको अघिल्लो दिनसम्म पनि प्रचारप्रचारको छुट हुने हो भने उम्मेदवार र राजनीतिक दलहरुले मतदातालाई प्रभावित पार्ने जोखिम रहन्छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मौन अवधिमा स्वतन्त्र रुपमा आफ्नो विवेकको प्रयोग गर्न मतदाताहरुलाई आग्रह गरे । उनले भने, ‘कुन उम्मेदवारले यो बीचमा के के भने रु उनीहरुको अनुहार सम्झिने । चिन्ह सम्झिने । त्यो सबै सम्झेर आफ्नो विवेकको ऐनामा त्यसलाई हेर्ने । राम्रो मान्छेलाई आफ्नो मत प्रकट गर्ने । मतपेटिकामा मत हाल्ने, आउने । गर्न पाउने भनेका यिनै काम हुन् ।’


प्रकाशित मिति: बुधवार, बैशाख २८, २०७९, ०६:५३:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा कांग्रेस विजयी
राजनीति
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा कांग्रेस विजयी
64x64
सोमवार, जेठ २, २०७९ समय खवर
पुरा पढ्नुहोस्
राजनीति
केपी ओलीको जन्मगाउँ आठराईमा नेपाली कांग्रेस वहुमत सहित विजयी
64x64
सोमवार, जेठ २, २०७९ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ बिहिवार, जेठ ५, २०७९
मानसिक रुपमा फ्रेस हुने १० उपाय
निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा कांग्रेस विजयी
केपी ओलीको जन्मगाउँ आठराईमा नेपाली कांग्रेस वहुमत सहित विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ६ मा एमाले विजयी
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2022 All rights reserved.
Site by: SoftNEP