Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बिहिवार, श्रावण २६, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कोरोना संक्रमण बढेपछि तेह्रथुमका २३ विद्यालय बन्द
तेह्रथुममा छोराले गरे बावुको हत्या
प्रदेश १ को नाम सगरमाथा वा कोशी नराखे आन्दोलन गर्ने चेतावनी
जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु
सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको निर्देशन
जिन्दगी बगिरहने नदी हो, जुन नदीमा अल्छीपनाको लेउ कहिल्यै लाग्दैन (फोटो फिचर सहित)
एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला
कोशी पहाडका चार जिल्लामा ५ सय ६५ घर बन्दै
चक्कु प्रहार गरी सुनसरीमा २ जनाको हत्या
राजनीति
  • Home
  • News
  • वाग्मती प्रदेश सरकारको नेतृत्व हेरफेर
वाग्मती प्रदेश सरकारको नेतृत्व हेरफेर
64x64
शनिवार, असार १८, २०७९ समय खवर

काठमाडौ । कांग्रेस र माओवादीका सांसदले वाग्मती प्रदेश सरकारको नेतृत्व हेरफेरको गृहकार्य थालेपछि दबाबमा परेको एकीकृत समाजवादीले अन्य प्रदेशमा पनि नेतृत्व परिवर्तनको माग तेर्स्याएको छ ।

वाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई हटाएर कांग्रेस नेतृत्वमा सरकार बनाउने गरी सांसदको हस्ताक्षर गरेपछि एकीकृत समाजवादीका शीर्ष नेताले वाग्मतीमा हुने भए अन्य प्रदेशमा पनि नेतृत्व परिवर्तन हुनुपर्ने अडान राखेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार भेट्न गएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र महासचिव बेदुराम भुसालले वाग्मतीमा मात्रै सरकारको नेतृत्व हेरफेर नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले गठबन्धनमा दलभित्र छलफल गरेर यस विषयमा निष्कर्षमा पुग्ने बताएका छन् । परिवर्तन गर्ने हो भने कसरी गर्ने , पहिला अन्य प्रदेशमा पनि विभिन्न खालका सहमति भएका छन्, त्यहाँ के गर्ने र गर्नैपर्दा कसरी गर्ने हो, सल्लाह गरौं भन्ने कुरा भएको छ,’ भुसालले भने ।

हाल पाँचदलीय गठबन्धनमध्ये गण्डकी र कर्णालीमा कांग्रेस नेतृत्वको, लुम्बिनी र सुदूरपश्चिममा माओवादी नेतृत्वको, प्रदेश १ र वाग्मतीमा एकीकृत समाजवादी नेतृत्वको तथा मधेस प्रदेशमा जसपा नेतृत्वको सरकार छ । वाग्मती छाड्नुपर्ने भए कर्णाली वा सुदूरपश्चिममध्ये एक प्रदेशको नेतृत्व पाउनुपर्ने एकीकृत समाजवादीको माग छ । सत्ता गठबन्धनमै रहेका दलहरूबाट दबाब बढेपछि एकीकृत समाजवादी रणनीतिको खोजीमा जुटेको छ । सुदूरपश्चिम प्रदेशमा पनि आलोपालो सरकार चलाउने सहमति भएको थियो ।

कांग्रेस र माओवादीका २२ सांसदले सरकारको नेतृत्व बदल्नका लागि हस्ताक्षर संकलन गरेपछि पार्टी नेतृत्वसँग छलफलका लागि भन्दै वाग्मतीका मुख्यमन्त्री पाण्डे बिहीबारै काठमाडौं आएका थिए । उनले अध्यक्ष नेपाल सहितका नेतासँग वाग्मतीको अवस्थाबारे ब्रिफिङ गरेपछि नेपाल र भुसाल प्रधानमन्त्री देउवालाई भेट्न गएका थिए । अध्यक्ष नेपालले वाग्मती सहित प्रदेश सरकारको नेतृत्व हेरफेरबारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल सँग पनि छलफल गरेका छन् । वाग्मतीमा एमाले र एकीकृत समाजवादी मिल्छन् कि भन्ने भय गठबन्धनका अन्य दललाई छ । एकीकृत समाजवादीका १३ र एमालेका ४१ सांसद छन् । १०७ सदस्यीय प्रदेशसभामा यी दुई पार्टी मिल्दा बहुमत पुग्छ । वाग्मतीमा माओवादीका २३ र कांग्रेसका २२ सांसद छन् ।

दाहालले माओवादी नेतृत्वका सरकार सुरक्षित होऊन् भनेर यो मुद्दा सकेसम्म नउचाल्ने दाउमा छन् । वाग्मती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तनले सत्तारूढ पाँचदलीय गठबन्धनलाई कुनै असर नगर्ने बताएका छन् । वाग्मती प्रदेशमा सरकार परिवर्तन गर्दा सत्तारूढ गठबन्धनलाई कुनै असर गर्दैन,’ उनले शनिबार भनेका छन् । जटिलता बढेपछि एकीकृत समाजवादीले वाग्मती प्रदेश संसदीय दलको बैठक काठमाडौंमा बोलाएको छ ।

शनिबार दलको बैठक बस्ने र त्यहाँ पार्टी केन्द्रीय नेताहरू सँग परामर्श हुने एक नेताले बताए । संसदीय दलकी मुख्य सचेतक मुनु सिग्देलले दलको बैठक बोलाइएको बताइन् । एमाले नेत्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढालेर गत वर्ष कात्तिक ११ मा चार दलले पाण्डेको नेतृत्वमा सरकार बनाएका थिए । पाण्डे नेतृत्वको सरकार बनाउँदा नै उनीहरूबीच कांग्रेसलाई आधा कार्यकाल दिने सहमति थियो ।


प्रकाशित मिति: शनिवार, असार १८, २०७९, ०७:४३:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण
स्वास्थ्यमन्त्री सहित नेकपा एसका नेताद्वारा पार्टीमा विद्रोह
गठबन्धनले दलले हाम्रो अपमान गर्‍यो : झलनाथ खनाल
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
राजनीति
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
64x64
मंगलवार, जेठ ३, २०७९ समय खवर
पुरा पढ्नुहोस्
राजनीति
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
64x64
सोमवार, जेठ २, २०७९ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
कोरोना संक्रमण बढेपछि तेह्रथुमका २३ विद्यालय बन्द सोमवार, श्रावण २३, २०७९
तेह्रथुममा छोराले गरे बावुको हत्या
प्रदेश १ को नाम सगरमाथा वा कोशी नराखे आन्दोलन गर्ने चेतावनी
जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु
सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको निर्देशन
जिन्दगी बगिरहने नदी हो, जुन नदीमा अल्छीपनाको लेउ कहिल्यै लाग्दैन (फोटो फिचर सहित)
एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला
कोशी पहाडका चार जिल्लामा ५ सय ६५ घर बन्दै
चक्कु प्रहार गरी सुनसरीमा २ जनाको हत्या
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2022 All rights reserved.
Site by: SoftNEP