तेह्रथुम । तेह्रथुममा नेकपा एमालेका प्रतिनिधीसभा सदस्य उम्मेदवार डा.विजय सुव्वाले अग्रता कायम गरेका छन् । छथर गाउँपालिका, लालीगुराँस र म्याङलुङ नगरपालिकाको मतगणना सम्पन्न हुंदा एमाले केन्द्रीय निर्वाचन अयोगका अध्यक्ष समेत रहेका सुव्वाले १० हजार ६ सय ६६ मत प्राप्त गरेका छन् ।
गठवन्धनको तर्फ बाट कांग्रेसका उम्मेदवार सिता गुरुङले १० हजार १ सय २४ मत प्राप्त गरेकी छिन् । ५ सय ३९ मतले गुरुङलाई पछि पार्दै सुव्वाले अग्रता लिएका हुन । गत स्थानीय तह निर्वाचनमा छथर गाउँपालिका र म्याङलुङ नगरपालिकामा नेकपा एमाले विजयी भएको थियो ।
अव फेदाप, आठराई र मेन्छ्यायेम गाउँपालिकाको प्रतिनिधीसभा सभा सदस्य तर्फको १८ हजार मत गन्न बाँकी रहेको सहायक निर्वाचन अधिकृत गोविन्द होमागाँईले जानकारी दिए । शुक्रवार बेलुकी सम्ममा संघ तर्फको पनि मत परिणाम सार्वजनीक गरीसक्ने सहायक निर्वाचन अधिकृत होमागाँईले जानकारी दिए ।