तेह्रथुम । विगत डेढ दशक देखी जिल्लामा अलपत्र रहेका अधुरा विकासे योजनाको काम सम्पन्न गरिदिन माग गर्दै राजनीतिक दल तथा प्रशासन प्रमुखको टोली प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौं पुगेको छ ।
टोलीले प्रधानमन्त्री ओलीलाई मन्त्रालयमै भेटेर जिल्लामा १२ वर्षदेखि अधुरा रहेका योजनाहरूको काम तत्कालै सम्पन्न गरिदिन ध्यानाकर्षण गराएका हुन् ।
संघिय सांषद तथा पुर्व शहरी विकास मन्त्री सिता गुरुङ, प्रदेश सांषद किशोरचन्द्र दुलाल र कमला दर्नाल, एमाले अध्यक्ष तेजमान कन्दङवा, कांग्रेस सभापती अर्जुन तुम्वाहाङफे, कांग्रेस पुर्व सभापती गोविन्द ढुंगाना, म्याङलुङ नगरपालिकाका मेयर संजय कुमार तुम्वाहाङफे, लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङ, आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम, पुर्व मन्त्री एमाले नेता भानुभक्त ढकाल, एमाले तेताहरु विजय सुव्वा, टंक आम्वुहाङ, बावुराम थापा, मोहनकुमार डाँगी, अनुभुतिवम नेपाली, बिष्णुमायाँ विक तथा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकाल लगायतको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीलाई कार्यकक्षमै भेटेर जिल्लाको समस्या राखेको टोलीमा संलग्न प्रमुख जिल्ला अधिकारी मिना अर्यालले वताउनु भयो ।
जिल्ला बाट गएको टोलीले मध्यपहाडी लोकमार्ग अन्तर्गत फेदाप सडक खण्डको १४ किलोमिटर सडक निर्माणको काम लामो समय देखी अलपत्र अवस्थामा रहेको र तमोर नदी माथी निर्माणाधिन लुम्वुघाट मोटरेवल पुल ११ वर्षदेखि अलपत्र रहेको बारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएको थियो ।
प्रजिअ अर्यालले जिल्लामा लामो समय देखी अलपत्र अवस्थामा रहेका विकासे आयोजनाको काममा ढिलासुस्ती भएको बारे चासो राख्दै आउनु भएको थियो । प्रधानमन्त्री ओलीलाई भेट्नु अघि प्रजिअ अर्यालले जिल्ला र काठमाडौंमा जिल्लाका अगुवा, राजनीतिक दलका नेता, जनप्रतिनिधी तथा सरोकारवाला संग समग्र जिल्लाको विकास निर्माणको अवस्था र लामो समय देखी रोकीएका आयोजना बारे पटक पटक छलफल गर्नुभएको थियो ।
छलफल पछि काठमाडौं पुगेको टोलीले प्रधानमन्त्रीलाई जिल्लाको वस्तुस्थिति बारे जानकारी गराएको थियो । जिल्लामा संचालित योजनाहरुमा प्रयाप्त बजेट नहुनु, आयोजना कार्यालयहरूको गैरजिम्मेवारीपन र निर्माण व्यवसायीको ढिलासुस्तीका कारण विकासे योजनाहरुको अवस्था लथालिङग भएको बारे टोलीले प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।
लामो समय देखी अधुरा रहेका यस्ता योजनाहरु सम्पन्न गर्न पर्याप्त बजेट र समन्वय गरिदिन र नयाँ आयोजनाहरुमा वजेट सुनिश्चीत गरिदिन आफुहरुले प्रधानमन्त्री ओलीलाई अनुरोध गरेको जिल्ला बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य पुर्व सहरी विकास मन्त्री सिता गुरुङले वताउनु भयो ।
तेह्रथुम र पाँचथर जोडेने मोटेरवल पुल निर्माणका लागि सडक डिभिजन कार्यालय धनकुटाले स्वच्छन्द निर्माण सेवा काठमाडौंलाई ३ वर्षमा काम सम्पन्न गर्नेगरी २०७० साल मा ठेक्का सम्झौता गरेको थियो । तर अहिले सम्म ४० प्रतिशत पनि काम पुरा नभएको सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ । दुई लेनको पुल निर्माणका लागि स्वछन्द निर्माण सेवाले ०७० सालमा १५ करोड ३६ लाख रुपैयाको लागतमा निर्माण सम्पन गर्न ठेक्का सम्झौता गरेको थियो । पुल निर्माणका लागि निर्माण कम्पनीले पटक पटक म्याद थप गर्दै आएपनि अहिलेसम्म काम नगरेकाले आफुहरु चाँडो काम गराउन लागी परेको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख रामकुमार देवले वताउनु भयो ।
त्यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथुम खण्डको २४ दशमलव ४ किलोमिटर सडक मध्ये मञ्चमी देखि यावरा सम्मको १४ दशमलव ४ किलोमिटर सडक निर्माण व्यवसायीले समयमा काम नगरेका कारण मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले १ बर्ष अघि ठेक्का सम्झौता रद्ध गरेको थियो । उक्त खण्डको पुन : ठेक्का आह्वानको लागि सडक विभाग भौतिक पूर्वाधार मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा श्रोत सुनिश्चितताका लागि फायल पेश भएको पनि हाल सम्म श्रोत सुनिश्चित नभएका कारण थप काम अगाडी बढ्न नसकोले यथाशीघ्र श्रोत सुनिश्चित गरी कार्य अगाडी बढाउन व्यवस्था मिलाइदिन पनि प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओली समक्ष अनुरोध गरेको छ ।
प्रधानमन्त्रीले ध्यानकर्षण पत्र बुझ्दै यस विषयमा सरोकारवाला निकायको तत्कालै ध्यानाकर्षण गराएर काम अघि वढाउने आश्वासन दिनुभएको प्रजिअ अर्यालले वताउनु भयो । त्यस्तै टोलीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल समक्ष भेट गरी अलपत्र अवस्थामा रहेका यि योजना चाँडो सम्पन्न गरिदिन र प्रयाप्त वजेटको व्यवस्था गरिदिन पनि माग गरेको छ । काम थालेको लामो समय सम्म पनि यि आयोजना पुरा नहुंदा जिल्लाबासीले सास्ती खेप्नु परीरहेको पुल निर्माणका लागि दवाव दिदै आउनुभएका म्याङलुङ नगरपालिकाका युवा अर्जुन ढुंगानाको भनाई छ ।
निर्माण व्यवसायीको लापरवाही र सरकारले समयमा वजेट उपलव्ध नगराउदा काम शुरु गरेको करिव डेढ दशक समय सम्म पनि सडक तथा पुल जस्ता अत्यावश्यकीय विकासे योजनाले पुर्णता नपाउदा समग्र जिल्लाको आर्थिक, सामाजीक र भौतिक पुर्वाधार विकासमै असर परिरहेको छ ।