Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बुधवार, माघ ७, २०७७ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
बेमौषमको विध्वंसकारी मनसुन
अपराध/दुर्घटना
  • Home
  • News
  • एसिड छ्यापे २० वर्ष कैद
एसिड छ्यापे २० वर्ष कैद
64x64
शुक्रवार, आश्विन ९, २०७७ समय खवर

काठमाडौँ । एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय हुने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित भएको छ । एसिडको दुरुपयोग र यसबाट हुने अपराधसम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने गरी मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुङ्बाहाम्फेले अध्यादेश शुक्रबार नै राष्ट्रपतिबाट जारी भई राजपत्रमा प्रकाशित गरिने जानकारी दिइन् । ‘एसिड अपराधविरुद्ध कठोर कानुनी व्यवस्थासहितको अध्यादेश बिहीबार मन्त्रिपरिषद् बैठकले पारित गरेको छ,’ उनले भनिन्, ‘अध्यादेश आजै राष्ट्रपतिमार्फत् प्रमाणीकरण भई राजपत्रमा प्रकाशित हुन्छ ।’

मुलुकी अपराध संहिता ऐन–२०७४ अनुसार एसिड प्रहारबाट कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग भए अधिकतम ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै एसिड प्रहारसम्बन्धी कसुरमा अभियुक्तविरुद्ध ज्यान मार्ने उद्योगमा पनि सजाय हुन सक्ने व्यवस्था छ । ज्यान मार्ने उद्योगमा अधिकतम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यी दुवै कानुनी प्रावधान कमजोर भएको भन्दै सरकारले अध्यादेशमार्फत् एसिडसम्बन्धी छुट्टै कानुन बनाउन लागेको हो । नयाँ कानुनअनुसार एसिड अपराधमा संलग्नलाई कसुरको नेगेटिभ सूचीमा राखेर सजाय माफी मिनाहा नहुने व्यवस्था गरिएको छ ।

नयाँ कानुनमा आक्रमणकारीको सम्पत्ति रोक्का राखेर पीडितलाई क्षतिपूर्ति भराउने प्रावधान पनि छ । एसिड बिक्रीवितरणमा जिल्ला प्रशासनबाट लाइसेन्स लिनु पर्नेलगायतका व्यवस्था गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २५ गते सरोकारवाला निकाय, एसिड पीडित, अभियन्तासँग एसिड अपराधविरुद्ध कठोर कानुन बनाउने प्रतिबद्धता जनाएका थिए । साउन पहिलो साता काठमाडौंका बाफलमा ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड प्रहार गरिएपछि अभियुक्तविरुद्ध कडा कानुनी कारबाही हुनुपर्ने माग उठेको थियो । ईकान्तिपुर बाट साभार । 


प्रकाशित मिति: शुक्रवार, आश्विन ९, २०७७, ०४:३८:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खोला तर्ने क्रममा वाढीले वगाएर तेह्रथुममा एक महिलाको मृत्यु
बलात्कार आरोपमा सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारी पक्राउ
म्याग्दी को पहिरोमा पुरीएका ११ जनाको शव फेला, २३ जना अझै बेपत्ता
संखुवासभाको धर्मदेवीमा भाउजु हत्याको आरोपमा नन्द पक्राउ
अपराध/दुर्घटना
शिक्षक निरौला ९० हजार धरौटी सहित तारेखमा रिहा
64x64
बिहिवार, असार २५, २०७७ समय खवर
पुरा पढ्नुहोस्
अपराध/दुर्घटना
चट्याङ लागेर युवकको मृत्यु
64x64
आइतवार, असार १४, २०७७ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने शुक्रवार, माघ २, २०७७
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
बेमौषमको विध्वंसकारी मनसुन
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: samayakhabar8@gmail.com

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2021 All rights reserved.
Site by: SoftNEP