तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गोपाल सुवेदी विजयी भएका छन् । सुवेदी ४ सय ९१ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार पोष्टराज रायमाझीले ४ सय ५० मत प्राप्त गरे । विजयी सुवेदी निवर्तमान वडा सदस्य हुन् । दलित महिला वडा सदस्यमा सानु पाँचकोटी, महिला सदस्यमा लक्ष्मी गुरुङ, खुल्ला सदस्यमा कृपाराम कटुवाल र पदम राई निर्वाचीत भएका छन् ।