तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका ८ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार तेजमान लिम्बु विजयी भएका छन् ।
लिम्वु ५ सय २४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार तुलसीराम खनालले ४ सय १३ मत प्राप्त गरे । खनाल सोही वडाका निवर्तमान वडाध्यक्ष हुन् ।