तेह्रथुम । उत्पादक, व्यवसायी र उपभोक्तालाई खाद्य स्वच्छता सम्बन्धी सचेतनामुलक कार्यक्रम गरी जानकारी गराईएको छ । उत्पादक, व्यवसायी र उपभोक्तालाई खाद्य स्वच्छताको बारेमा जानकारी दिन लालीगुराँस नगरपालिकाको बसन्तपुरमा कार्यक्रम आयोजना गरीएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको आयोजनामा जिल्लामै पहिलो पटक कार्यक्रम आयोजना गरीएको हो । उद्योगी, व्यवसायी र उपभोक्ता समेत लाई सचेत गराउने उद्देश्यले सचेतना मूलक कार्यक्रम आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख शुसिल कोईरालाले जानकारी दिए । कार्यक्रम पछि खाद्य उद्योगी, व्यवसायी र उपभोक्तालाई खाद्य स्वच्छता सम्बन्धी जानकारी भएको कार्यालय प्रमुख कोईरालाले वताए । कार्यक्रम पछि वजार क्षेत्रमा केही दिन भित्रै अनुगमन निरीक्षण गरिने र कार्यान्वयन नभएको पाईए कारवाही गरिने कार्यालयका खाद्य निरीक्षक उज्ज्वल कोईरालाले वताए ।
कार्यक्रममा सहभागी उद्योग वाणिज्य संघ वसन्तपुर शाखाका अध्यक्ष रोषन सुवेदीले उद्योगी, व्यवसायी र उपभोक्ताले खाद्य वस्तुको गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा सडक छेउछाउमा बिक्री हुने खाद्य पदार्थ बिक्रीकर्ताले पालना गर्नुपर्ने आचार संहिता र खाद्य स्वच्छता बारे जानकारी गराएका थिए । कार्यक्रमका सहभागीहरुलाई खाद्य स्वच्छता, मानव स्वास्थ्य सुरक्षा, ग्राहकको वदलिदो माग, खाद्य वस्तुमा जिवाणुका स्रोत, असल खानपान अभ्यास, खाद्य ऐन तथा नियम लगायतका बिषयमा समेत जानकारी गराइएको थियो ।