तेह्रथुम । पाँचथरको कुम्मायक गाउँपालिकामा जारी तेस्रो कुम्मायक आमन्त्रण रनिङ गोल्डकपको चौथो दिनको पहिलो र दोस्रो चरणको खेलमा मिक्लाजुङ र कुम्मायक गाउँपालिकाले सानदार जित निकालेका छन । स्थानीय पृथ्वी माविको खेलमैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा १–४ को गोल अन्तरले फाल्गुनन्द गाउँपालिकालाई पाखा पार्दै मिक्लाजुङले सेमिफाईनलको यात्रा तय गरेको हो ।
खेलको म्याद अफ दि म्याद मिक्लाजुङ गाउँपालिकाका पास्लन राई घोषित भए । उनले ट्रफि मेडल र नगद ३ हजार हात पारे । त्यस्तै प्रतियोगिताको दोस्रो चरणको खेलमा फालेलुङ गाउँपालिका बिरुद्ध कुम्मायक गाउँपालिकाले ६ गोलको जीत निकाल्यो । सुरुवाती समयदेखि नै कमजोर खेल प्रर्दशन गरेको फालेलुङले कुनै पनि गोल गर्न सकेन । कुम्मायकले पनि फाइनलको यात्रा तय गरेको छ । फालेलुङले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा सेमिफाइनलमै चित्त बुझायो । खेलको म्याद अफ दि म्याद कुम्मायकका हेमन्त दर्नाल भए उनले ट्रफि मेडल र नगद ३ हजार प्राप्त गरे ।
बर्षादका कारण माघ ३ गते शुक्रबारको खेल स्थगित भएपछि प्रतियोगिता माघ ६ गतेसम्म संचालन हुने भएको छ । प्रतियोगिताको बिजेताले नगत १ लाख ११ हजार १ सय ११ रुपैंयाँ सहित २ केजीको चाँदीको ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपबिजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैंयाँ ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । माघ ५ गते आइबार हुने चौथो खेल दिउँसो २ बजे फिदिम नगरपालिका र मिक्लाजुङ गाउँपालिका बीच हुने आयोजक कुम्मायक स्पोर्टिङ क्लवले जनाएको छ ।