Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, माघ १३, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
विचार/साहित्य
  • Home
  • News
  • विधायन समितिबाट नागरिकता विधेयक बहुमतले पारित
विधायन समितिबाट नागरिकता विधेयक बहुमतले पारित
64x64
बिहिवार, भदौ १६, २०७९ समय खवर

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारले प्रस्तुत गरेको ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेको छ।

सिंहदरबारमा विहिबार बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत सो विधेयक बिनासंशोधन बहुमतबाट पारित गरेको हो।

संघीय संसदको दुवै सदनबाट पारित सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकामा राष्ट्रपतिबाट साउन २९ गते आठ बुँदे सन्देश सहित प्रतिनिधिसभामा फिर्ता भएको थियो। उक्त विधेयक गत साउन ६ गते संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो।

समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसद देवेन्द्र दाहाल, भगवती न्यौपाने र भैरसुन्दर श्रेष्ठले विधेयकका केही बुँदामा लिखित रूपमा फरक मत राखेका थिए।

यस्तै, सांसद खिमलाल देवकोटा र विमला राईले पनि विधेयकका सम्बन्धमा आ(आफ्नो लिखित अवधारणा प्रस्तुत गरेका थिए।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत विधेयक परिमार्जन, संशोधन तथा राष्ट्रपतिबाट उठाइएका विषय सम्बोधन गर्ने कुरा अहिले समयाभावले सान्दर्भिक नरहेको बताए। उनले विधेयक अगाडि बढाउन ढिलाइ हुँदा नागरिकता नपाएर प्रताडित बनेको नागरिक थप समस्यामा पर्ने बताए।

संसदीय अभ्यास र संवैधानिक व्यवस्था अनुरूप नै सन्देश सहित सदनमा विधेयक फिर्ता भएको उल्लेख गर्दै उनले सन्देशलाई गम्भीरता पूर्वक लिएर आगामी दिनमा व्यवस्थापनको पाटोमा ध्यान पुर्‍याइने बताए।

‘विधेयकले नागरिकतासम्बन्धी सम्पूर्ण मुद्दालाई सम्बोधन गर्छ। नेपाली नागरिकलाई एकताको सुत्रमा बाँध्छ’, उनले भने, ‘नागरिकता लिने क्रममा गर्नुपर्ने स्वघोषणाले आमाको स्वाभिमान, सम्मान र प्रतिष्ठामा कुनै आँच आउने छैन।’

जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गर्नेको सङ्ख्या हाल सम्म १ लाख ९० हजार ७ सय २६ रहेको र उनीहरूका सन्तति गैरनागरिकका रूपमा रहेकाले त्यस्ता व्यक्तिलाई नागरिकता प्रदान गर्ने विधेयकको उद्देश्य छ।

विधेयकको पक्षमा समिति सदस्यहरू जितेन्द्रनारायण देव, प्रकाश पन्थ, प्रमिला कुमारी, बेदुराम भुसाल, गंगा बेल्बासे, उदयबहादुर बोहरा, राधेश्याम पासवान र सुरेश आले मगरले समर्थन गरेका थिए। विसं २०७२ को संविधान जारी हुनु अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबु आमा दुवै नेपाली नागरिक भएको अवस्थामा नागरिकता प्राप्त गर्ने सन्दर्भमा सरकारद्वारा प्रस्तुत उक्त विधेयकमा स्वघोषणा, वैवाहिक अङ्गीकृत लगायतका बारेमा दलहरूबीच केही फरक धारणा रहेको छ। रासस


प्रकाशित मिति: बिहिवार, भदौ १६, २०७९, ०३:१७:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिचानकै आधारमा प्रदेश १ को नामकरण हुनुपर्छ : स्वास्थ्यमन्त्री खापुङ
समाजवाद–समाजवाद भट्याएर केही हुन्न
ताजा समाचार
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात आइतवार, पुष २४, २०७९
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2023 All rights reserved.
Site by: SoftNEP