Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बिहिवार, श्रावण २६, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कोरोना संक्रमण बढेपछि तेह्रथुमका २३ विद्यालय बन्द
तेह्रथुममा छोराले गरे बावुको हत्या
प्रदेश १ को नाम सगरमाथा वा कोशी नराखे आन्दोलन गर्ने चेतावनी
जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु
सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको निर्देशन
जिन्दगी बगिरहने नदी हो, जुन नदीमा अल्छीपनाको लेउ कहिल्यै लाग्दैन (फोटो फिचर सहित)
एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला
कोशी पहाडका चार जिल्लामा ५ सय ६५ घर बन्दै
चक्कु प्रहार गरी सुनसरीमा २ जनाको हत्या
अपराध/दुर्घटना
  • Home
  • News
  • सङ्खुवासभाको ‘सामूहिक हत्या’ अनुसन्धानको लागि सिआइबीले काम थाल्यो ।
सङ्खुवासभाको ‘सामूहिक हत्या’ अनुसन्धानको लागि सिआइबीले काम थाल्यो ।
पैसाका कारण हत्या : प्रहरी
64x64
मंगलवार, भदौ २२, २०७८ समय खवर

संखुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको बीभत्स हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पनि खटिने भएको छ ।

घटनाको अनुसन्धानका लागि सिआइबीको पिलर वान का डिएसपी रुकम बहादुर कुँवरको कमान्डमा ५ जनाको टोली घटनास्थलतर्फ हिँडेको प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले बताए । सिआइबीको टिम मंगलबार नै विराटनगर विमानस्थल हुदै सङ्खुवासभा लागेको हो ।

सिआइबी बाट आएका डिएसपी कुँवर अपराध अनुसन्धानमा नेपालकै उत्कृष्ट प्रहरी अधिकृत मध्ये एक हुन । कुँवर भक्तपुरका बालक निशान खड्काको अपहरण र हत्यामा संलग्न अजय तामाङ र गोपाल तामाङको २०७५ सालको साउन २० गते इन्काउन्टर गर्ने प्रहरी कमान्डर थिए ।

पैसाका कारण हत्या : प्रहरी

संखुवासभाको उमलिङमा एकै परिवारका पाँचजनाको हत्याको कारण पैसा रहेको निष्कर्षमा प्रहरी पुगेको छ । पैसा लुट्ने उद्देश्यका साथ हत्या भएको निष्कर्षमा प्रहरी पुगेको बुझिएको छ ।

२० भाद्रको राति मादि नगरपालिका १ स्थित उमलिङमा घरमुली ८५ वर्षीय बौदमान कार्की मात्र जिवित भेटिएका थिए । उनकी ८४ वर्षीया पत्नी पार्वती कार्की, ५२ वर्षका छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति वर्ष ८ का विपिन कार्की र पनातिनी वर्ष ५ की गोमा कार्की मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पार्वतीको शव घरमा नै फेला परेको थियो । तेजबहादुरको शव रोडको भित्तामा, कमला र रञ्जनाको शव खोलामा भेटिएको थियो । विपिन र गोमाको शव एक किलोमिटर टाढा बारीमा मृत फेला परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वृद्धाको हत्या पछि छोराबुहारी र नातिनीबुहारीलाई नियन्त्रणमा लिएर टाढा लगी हत्या गरेको देखिएको छ । लुटेराहरुलाई मृतकले चिनेको र अपराध खुल्न सक्ने ठानेर हत्या गरेको हुनसक्ने अनुसन्धानले देखाएको प्रहरी स्रोतले बतायो । ८ वर्ष र ५ वर्षका बालबालिकाको पनि हत्या हुनुले नजिकका आफन्त वा चिनेजानेकाहरुतर्फ अनुसन्धानको सुई घुमेको बुझिएको छ ।

घरको अवस्था र पैसाबारे समेत सूचना पाएको समूहले हत्या गरेको हुनसक्ने देखिएको प्रहरी स्रोतले जनाएको छ । घटनामा धारिलो हतियारको प्रयोग भएको प्रहरीले जनाएको छ ।

कार्की परिवारले झापामा जग्गा किन्न बैना गरेको र केही दिनपछि जग्गा पास गर्ने सहमति समेत गरेको बुझिएको छ । जग्गा खरिदका लागि परिवार मिलेर ८० लाख रुपैयाँ संकलन गरेर ठिक्क परेका थिए । बैनावापत् केही रकम दिएर बाँकी रकम घरमै राखेको र त्यो सूचनाका आधारमा हत्या गरी लुटिएको हुनसक्ने आधारमा अनुसन्धान बढाइएको छ ।

प्रहरीको अनुसन्धान टोली संखुवासभाको उमलिङमा खटिएको छ । तालिमप्राप्त कुकुरहरुको समेत प्रयोग भएको छ । विभिन्न कोणबाट अनुसन्धान बढाइएकाले केही दिनमै खुल्नसक्ने प्रहरीले जनाएको छ । तर, प्रहरीले तथ्यप्रमाणहरु संकलन गरेपछि मात्र अपराधीलाई नियन्त्रणमा लिने गरी अनुसन्धान बढाएको छ ।

कार्की परिवारका दुई सदस्य वैदेशिक रोजगारीमा गएका छन् । नातिहरु दुईजना विदेशमा गएको र त्यो पैसाले तराई झर्न जग्गा खरिद गर्न लागेको बुझिएको छ । एकजना नातिको परिवार तराईमा बस्दै आएका थिए । अर्का नातिको परिवार बौद्धमान र छोराबुहारीसँगै संखुवासभामै थिए ।


प्रकाशित मिति: मंगलवार, भदौ २२, २०७८, ०३:३६:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेह्रथुममा छोराले गरे बावुको हत्या
एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला
चक्कु प्रहार गरी सुनसरीमा २ जनाको हत्या
तेह्रथुमको बसन्तपुरमा युवतीलाई बन्धक बनाई बलात्कार, बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ
अपराध/दुर्घटना
मादी हत्या काण्डमा संलग्न ४ जनालाई आजीवन कारावास
64x64
मंगलवार, असार २१, २०७९ समय खवर
पुरा पढ्नुहोस्
अपराध/दुर्घटना
रामेछाप वस दुर्घटनामा १३ को मृत्यु
64x64
मंगलवार, असार २१, २०७९ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
कोरोना संक्रमण बढेपछि तेह्रथुमका २३ विद्यालय बन्द सोमवार, श्रावण २३, २०७९
तेह्रथुममा छोराले गरे बावुको हत्या
प्रदेश १ को नाम सगरमाथा वा कोशी नराखे आन्दोलन गर्ने चेतावनी
जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु
सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको निर्देशन
जिन्दगी बगिरहने नदी हो, जुन नदीमा अल्छीपनाको लेउ कहिल्यै लाग्दैन (फोटो फिचर सहित)
एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला
कोशी पहाडका चार जिल्लामा ५ सय ६५ घर बन्दै
चक्कु प्रहार गरी सुनसरीमा २ जनाको हत्या
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2022 All rights reserved.
Site by: SoftNEP