Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बिहिवार, श्रावण २६, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कोरोना संक्रमण बढेपछि तेह्रथुमका २३ विद्यालय बन्द
तेह्रथुममा छोराले गरे बावुको हत्या
प्रदेश १ को नाम सगरमाथा वा कोशी नराखे आन्दोलन गर्ने चेतावनी
जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु
सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको निर्देशन
जिन्दगी बगिरहने नदी हो, जुन नदीमा अल्छीपनाको लेउ कहिल्यै लाग्दैन (फोटो फिचर सहित)
एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला
कोशी पहाडका चार जिल्लामा ५ सय ६५ घर बन्दै
चक्कु प्रहार गरी सुनसरीमा २ जनाको हत्या
अपराध/दुर्घटना
  • Home
  • News
  • चक्कु प्रहार गरी सुनसरीमा २ जनाको हत्या
चक्कु प्रहार गरी सुनसरीमा २ जनाको हत्या
64x64
मंगलवार, असार २८, २०७९ समय खवर

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकामा चक्कु प्रहारबाट दुई जनाको हत्या भएको छ । चक्कु प्रहार बाट बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टी बस्ने ४० वर्षीय आशीष दर्जी र रामधुनी–६ बस्ने १६ वर्षीय विवेक सदा ऋषिदेवको हत्या भएको हो ।

प्रहरीले दर्जीको हत्या गरेको आरोपमा २४ वर्षीय सविन तामाङलाई र ऋषिदेवको हत्या गरेको आरोपमा १७ वर्षीय निशान चौधरीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालका अनुसार सोमबार राति बराहक्षेत्रको मुनाल चोकमा दर्जी र तामाङबीच भनाभन भएको थियो । रातको १२ बजे भएको घटनामा तामाङले दर्जीमाथि चक्कु प्रहार गरेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्‍याइएको थियो । शरीरबाट अत्यधिक रगत बगेकाले उपचार गर्दागर्दै दर्जीको राति करिब साढे १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक टीका कार्कीले बताए ।

मृतक दर्जी र हत्यामा सम्लग्न तामाङ छिमेकी हुन् । पक्राउ परेका सविन तामाङले मादक पदार्थ सेवन गरेको बेला विवाद हुँदा आशीष दर्जीको छातीमा छुरा प्रहार गरेको स्वीकार गरेको प्रहरी निरीक्षक कार्कीले बताए । उनले भने, ‘छिमेकी भएकाले अरु बेला पनि जिस्कने गरेका रहेछन् । तर घटना भएको राति एकापसमा मनमा चोट लाग्ने खालको ख्यालठट्टा गर्दा आवेशमा आएर तामाङले चक्कु प्रहार गरेको देखिन्छ ।’

रामधुनीको सरौनामा मंगलबार बिहान करिब ६ बजे सुतिरहेका विवेक ऋषिदेवमाथि निशान चौधरीले पेटमा चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मृतक ऋषिदेव अर्का छिमेकी जाङ्ली ऋषिदेवको घरमा सुतिरहेका थिए । गम्भीर घाइते बनेका ऋषिदेवको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा बिहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौधरी र तामाङलाई हिरासतमा लिएर आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: मंगलवार, असार २८, २०७९, ०७:१७:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेह्रथुममा छोराले गरे बावुको हत्या
एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला
तेह्रथुमको बसन्तपुरमा युवतीलाई बन्धक बनाई बलात्कार, बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ
मादी हत्या काण्डमा संलग्न ४ जनालाई आजीवन कारावास
अपराध/दुर्घटना
रामेछाप वस दुर्घटनामा १३ को मृत्यु
64x64
मंगलवार, असार २१, २०७९ समय खवर
पुरा पढ्नुहोस्
अपराध/दुर्घटना
भारतीय दूतावासका सुरक्षागार्ड द्धारा आफैंलाई गोली प्रहार, घटनास्थलमै मृत्यु
64x64
सोमवार, असार २०, २०७९ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
कोरोना संक्रमण बढेपछि तेह्रथुमका २३ विद्यालय बन्द सोमवार, श्रावण २३, २०७९
तेह्रथुममा छोराले गरे बावुको हत्या
प्रदेश १ को नाम सगरमाथा वा कोशी नराखे आन्दोलन गर्ने चेतावनी
जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु
सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको निर्देशन
जिन्दगी बगिरहने नदी हो, जुन नदीमा अल्छीपनाको लेउ कहिल्यै लाग्दैन (फोटो फिचर सहित)
एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला
कोशी पहाडका चार जिल्लामा ५ सय ६५ घर बन्दै
चक्कु प्रहार गरी सुनसरीमा २ जनाको हत्या
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2022 All rights reserved.
Site by: SoftNEP