तेह्रथुम । राष्ट्रिय युवा संघ नेपाल तेह्रथुमले मध्य पहाडी लोकमार्गको म्याङ्लुङ–जिरिखिम्ति सडक खण्डमा १ हजार बिरुवा रोपेको छ । ‘बहु उपयोगी वन नेपालको धन’ भन्ने नाराका साथ मनाईरहेको अन्तर्राष्ट्रिय युवा दिवस को अवसरमा युवा संघले विभिन्न प्रजातीका बिरुवा रोपेको हो ।
वृक्षारोपण कार्यक्रम संघका जिल्ला अध्यक्ष राजकुमार थापाको अध्यक्षता र नेकपा एमाले स्थायी कमिटी सदस्य डा स् विजय सुब्बाको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको हो। कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा तेह्रथुम इञ्चार्ज टंक आङवो, कोशी प्रदेश कमिटी सचिवालय सदस्यहरू लक्ष्मण तिवारी, अनुभूति बम नेपाली, पार्टी जिल्ला कमिटी अध्यक्ष तेजमान कन्दङवा, उपाध्यक्ष सञ्जय तुम्वाहाङफे, सचिव शिव ढुङ्गाना, उपसचिव छत्र रिमाल, जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा फाँट प्रमुख अर्जुन ढुङ्गाना, जिल्ला कमिटी सदस्यहरू तथा पार्टीका नेताहरूको सहभागिता थियो ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्यहरू प्रवीण मते, देउमाता लिम्बु, विमल कार्की, केन्द्रीय अनुशासन आयोगका सचिव राजन नेपाली, प्रदेश कमिटी सदस्यहरू तुलसीमान तिगेला, झमक खापुङ, जिल्ला कमिटीका पदाधिकारी सदस्य, म्याङ्लुङ नगर कमिटीका अध्यक्ष सहित पदाधिकारी तथा सदस्य, आठराई गाउँपालिका कमिटी अध्यक्ष लगायतका नेता कार्यकर्ताहरुको समेत वृक्षारोपण कार्यक्रममा सहभागिता थियो ।