तेह्रथुम । स्थानीय वनजन्य स्रोतको उपयोग गर्दै जैविक खेती प्रबर्द्धन गर्ने उद्देश्यले तेह्रथुमका ४ वटा सामुदायिक वनमा कम्पोष्ट मल उत्पादन गर्ने कारखाना संचालनमा ल्याइएको छ ।
‘नगरको खुसी, स्थानीय कृषिमा विशेष अनुदान कार्यक्रम’ अन्तर्गत लालीगुराँस नगरपालिकाको ३६ लाख ५० हजार र डिभिजन वन कार्यालयको २० लाख रुपैंया गरी ५६ लाख ५० हजार रुपैंया लगातमा कारखाना संचालनमा ल्याइएको हो ।
-1783414670.jpg)
नगर क्षेत्रका चैते, तीनजुरे रातपोखरी, भोटेखर्क र भालुखोप सामुदायिक वन क्षेत्रका चार स्थान बाट भएै साथ कारखाना संचालनमा ल्याईएको हो । कारखाना सञ्चालनमा आएपछि वन क्षेत्रमै उपलब्ध पातपतिङ्गर, घाँसपात तथा अन्य जैविक पदार्थ बाट कम्पोष्ट मल उत्पादन गर्न थालीएको छ ।


स्थानीय स्तरमै जैविक कम्पोष्ट मल उत्पादन हुन थालेपछि रासायनिक मलमा भैरहेको निर्भरता घट्दै जाने र माटोको उर्वराशक्ति संरक्षणमा समेत सहयोग पुग्ने नगर प्रमुख अर्जुन माबोहाङले वताउनु भयो । नगरपालिका र वन कार्यालयको विशेष अनुदान कार्यक्रम अन्तर्गत जडान गरिएका मेसिनबाट उत्पादन भएको जैविक मल स्थानीय किसानलाई न्युन मुल्यमा उपलव्ध गराईने चैत सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष इन्द्रवहादुर खड्काले वताउनु भयो । नगरपालिकाले गत बर्ष बाटै अर्गानीक खेती अभियान शुरु गरेको छ ।
-1783414698.jpg)
नगर प्रमुख माबोहाङले स्थानीय कृषिलाई आधुनिक र दिगो बनाउने उद्देश्यका साथ नगरपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो । सामुदायिक वन मार्फत उत्पादन हुने जैविक मलले किसानको उत्पादन लागत घटाउनुका साथै आम्दानी बढाउन समेत योगदान पुग्ने नगर प्रमुख माबोहाङको भनाई छ ।
-1783414697.jpg)
जैविक कम्पोष्ट मल उत्पादन गर्ने मेसिन सञ्चालनमा आएपछि स्थानीय किसानले वन तथा खेतबारीमा पाइने पातपतिङ्गर, घाँसपात र अन्य जैविक पदार्थबाट गुणस्तरीय कम्पोष्ट मल उत्पादन गर्न सकिने भएकाले रासायनिक मलमा निर्भरता घट्नेछ । यसले खेतीमा उत्पादन लागत कम गर्नुका साथै माटोको उर्वराशक्ति र जैविक गुणलाई दीर्घकाल सम्म कायम राख्न मद्दत पुर्याउँने नगरपालिकाका कृषि प्राविधिक हिम वहादुर थापाले वताउनु भयो ।
जैविक मलको प्रयोगबाट बाली स्वस्थ हुने, उत्पादनको गुणस्तर सुधार हुने तथा अर्गानिक कृषि उत्पादन बढ्ने अपेक्षा नगरपालिकाको छ ।
यसले किसानलाई विषादी र रासायनिक मलको अत्यधिक प्रयोगबाट हुने नकारात्मक असरबाट पनि जोगाउन सहयोग गर्नेछ । स्थानीय स्तरमै मल उत्पादन हुने भएकाले समयमै मल उपलब्ध हुने र खरिदका लागि बाहिरी वजार र जिल्लामा निर्भर हुनुपर्ने अवस्था पनि हटेर जानेछ ।
-1783414699.jpg)
यसबाट कृषि उत्पादन वृद्धि, वातावरण संरक्षण र किसानको आम्दानी बढाउन समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास नगरपालिकाले लिएको छ । वन संरक्षण सँगै वनजन्य स्रोतको सदुपयोग गरी स्थानीय आयआर्जन बढाउने कार्यक्रम भएकाले किसान समेत उपभोक्तालाई सहयोग गरेको डिभिजन वन कार्यालय तेह्रथुमका प्रमुख वद्री प्रसाद शाहले वताउनु भयो ।
आफु उपभोक्ता रहेकै सामुदायिक वनमा कारखाना स्थापना भएर संचालनमा आएपछि स्थानीयले जैविक खेती विस्तार, वातावरण संरक्षण तथा दिगो कृषि प्रणाली विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छन् ।