तेह्रथुम । छथर गाउँपालिकाले संबिधान दिवसको अवसरमा स्वास्थ्य संस्थाहरुलाई स्टेचर प्रदान गरेको छ । गाउँपालिकाले सरकारी कार्यालयको झण्डा फेर्दै प्रभात फेरी कार्यक्रम गरेको हो ।
सुक्रबारे बजारमा प्रभातफेरी कार्यक्रम गरी कोण सभामा स्वास्थ्य संस्थाहरुलाई गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले विरामी बोक्ने स्टेचर हस्तान्तरण गरेका हुन् । कोणसभालाई सम्बोधन गर्दै नेपालको संबिधान २०७२ जारी भएपछि जनताको अधिकार प्राप्त भएको र संबिधान कार्यन्वयनको चरणमा रहेको गाउँपालिका अध्यक्ष तिगेलाले वताए ।
गाउँपालिकामा रहेका १२ वटै स्वास्थ्य संस्थालाई स्टेचर प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरीराज खड्काले बताए । कार्यक्रममा बिभीन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु,बिभीन्न कार्यालयका कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।