तेह्रथुम । सदरमुकाम म्याङ्लुङमा रहेको म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको आइतबार छथर गाउँपालिकाका अध्यक्ष सन्तविर लिम्बुले एक कार्यक्रमका विच उद्घाटन गरे । क्याम्पस हातामै स्थापना गरिएको प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाले क्याम्पसमा अध्ययनरत विद्यार्थी, प्रध्यापक अन्य विरामीलाई समेत फाईदा पुग्ने विश्वास अध्यक्ष लिम्बुले गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै छथर गाउँपालिका अध्यक्ष लिम्बुले क्याम्पसमा अक्षयकोष निर्माण गर्न पनि जोड दिएका छन् । क्याम्पसमा स्थापीत प्राथमिक स्वास्थ्य तथा परामर्श सेवा केन्द्रलाई छथर गाउँपालिकाले ३ लाख र म्याङलुङ क्याम्पसले २ लाख रुपैंया लगानी गरीदिएको क्याम्पसका प्राध्यापक छत्र प्रसाद रिमालले वताए ।