Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, असार १४, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण
आठराई गाउँपालिकाको बजेट ५७ करोड ७४ लाख
तेह्रथुमको वसन्तपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई को अवस्था गम्भीर
स्वास्थ्यमन्त्री सहित नेकपा एसका नेताद्वारा पार्टीमा विद्रोह
काठमाडौंमा सात वटै प्रदेशका सामाजिक समितीको छलफल शुरु
गठबन्धनले दलले हाम्रो अपमान गर्‍यो : झलनाथ खनाल
चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
मानसिक रुपमा फ्रेस हुने १० उपाय
अपराध/दुर्घटना
  • Home
  • News
  • जालीले घर घेरेर चिनिया नागरीकको सर्च अपरेशन
जालीले घर घेरेर चिनिया नागरीकको सर्च अपरेशन
64x64
बिहिवार, पुष १०, २०७६ समय खवर

काठमाडौं । सोमबार दिनभर चलाइएको ‘स्वीप’ अपरेशनमा समातिएका १ सय २२ जना चिनियाँ नागरिकको कसुरबारे हालसम्म औपचारिक रुपमा प्रहरीले बताएको छैन ।

चिनियाँ दूतावासको सूचनामा परिचालित केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार एकैदिन हालसम्मकै सबैभन्दा बढी विदेशी नागरिकलाई पक्राउ गरेको थियो । अनौपचारिक संवादमा प्रहरी अधिकृतले चिनियाँ नागरिकले नेपालमा बसेर साइबर अपराध गर्ने गरेको बताएका छन् । यद्यपि, भाषिक जटिलताका कारण प्रहरी अधिकृतले साइबर अपराधको प्रकृतिबारे विस्तृतमा छुट्टाउन सकेका छैनन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार अहिले अनुसन्धान अधिकृतहरुले चिनियाँ नागरिकले नेपालमा गरेका अपराधबारे केलाइरहेका छन् । उनले अनलाइनखबरसँग भने, ‘नेपालमा अपराध गरेको देखिए, सम्बन्धित कसूर अन्तरगत मुद्दा चलाउँछौं ।’

नभए अध्यागमन ऐनअनुसार निष्कासन गर्न सकिने सुवेदीले अनलाइनखबरलाई बताए । केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डे भने बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिने तयारी गरिएको बताउँछन् ।

विदेशी नागरिकमाथि हालसम्मकै सबैभन्दा ठूलो अपरेशन कसरी भयो ? अनलाइनखबरसँग सम्पर्कमा आएका केही अधिकृतले अनुसन्धानबाट देखिएका केही तथ्यबारे खुलाएका छन् :

१. चिनियाँ दूतवासबाट प्राप्त सूचनाको आधारमा प्रहरीले यो अपरेशन चलाएको हो । करिब हजार जना चिनियाँ नागरिक नेपालमा बसेर अपराधमा संलग्न रहेको दूतावासको सूचना थियो । सूचनाको आधारमा विदेशीमाथि हालसम्मकै सबैभन्दा ठूलो अपरेशन चलाउन प्रहरीले ६ सय जना जुनियर प्रहरी अधिकृत खटाएको थियो । काठमाडौं प्रहरी परिसर, टेकुबाट मात्र लैजाँदा नपुग्ने भएकाले महानगरीय प्रहरी आयुक्तको कार्यालयसँग समन्वय गरेर गणबाट पनि टोली खटाइएको थियो ।

२. चीन सरकारको अनुरोधमा नेपालमा जस्तै अपरेशन यसअघि फिलिपिन्स, कम्बोडिया र मलेसियामा पनि चलिसकेको छ । ती अपरेशनमा दुई हजारभन्दा बढी चिनियाँ नागरिक पक्राउ परेका थिए । र, छापा हान्ने क्रममा भाग्दा केही चिनियाँको मृत्युसमेत भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

त्यसैलाई मध्यनजर गरेर नेपाल प्रहरीले घर घेराबन्दी गर्नुअघि निर्माणका बेला प्रयोग गरिने जाली चारैतिर विच्छ्याएको थियो । ताकी, पक्राउबाट जोगिने उद्देश्यले घरमाथिबाट हामफाल्दा पनि कसैको ज्यान नजाओस् । एक अनुसन्धान अधिकृतले भने, ‘प्रिकसनका लागि हामीले यो विधि अपनाएका थियौं । जाली विच्छ्याएपछि मात्रै प्रहरी टोलीभित्र छिरेको थियो ।’ यद्यपि, संख्या धेरै भएकाले केही चिनियाँ नागरिक भने भाग्न पनि सफल भए ।

३. चिनियाँ टोलीलाई अनुसन्धानका लागि हिरासतमा ल्याउन पनि प्रहरीलाई हम्मेहम्मे परेको थियो । ठूलो संख्या भएकाले व्यवस्थापन चुनौतिपूर्ण हुनु स्वाभाविक पनि थियो । यद्यपि, काठमाडौं प्रहरी मातहतका विभिन्न युनिटमा लगेर उनीहरुलाई राखिएको थियो । चिनियाँले केही फुत्काइहाल्छन् कि भनेर प्रहरी अधिकृत अंग्रेजीमा बोल्ने प्रयास गर्थे । तर, जवाफ पाउँदैनथे । ‘उनीहरु अंग्रेजी जाने पनि बोल्दैनन् । सायद जोगिन्छु भन्ने मानसिकता पनि हुँदो हो’, अनुसन्धान अधिकृतहरु भन्छन्, ‘उनीहरुलाई यहाँ पठाउँदाखेरि नै त्यही किसिमले तालिम दिइएको हुँदो हो ।’ मंगलबार अनुवादक बोलाएपछि मात्रै उनीहरुको बयान सुरु भएको छ ।

४. अनुसन्धान अधिकृतले चिनियाँको ‘ट्राभल हिस्ट्री’ जाँच्न चिनियाँ नागरिकसँग पासपोर्ट मागे । तर, कसैले दिएनन् । छापा हान्ने क्रममा पनि ज्यानै न्यून संख्यामा मात्र पासपोर्ट भेटियो । अधिकांश चिनियाँले बयानमा भनेका छन्, ‘हाकिमले लगेको थियो, दिएको छैन ।’ तर, उनीहरुबाट चीनको राष्ट्रिय परिचय पत्र बरामद भएको छ । परिचय पत्रको नम्बरका आधारमा राहदानी नम्बर खोजेर विस्तृत अनुसन्धान भइरहेको छ ।

५. एक जना चिनियाँसँग बयान लिन पनि दिनभर लाग्ने स्थिति देखिएको छ । अनुसन्धान अधिकृतको कुरा बुझेर अनुवादकले अभियुक्तलाई सोध्नु पर्ने र जवाफ दिनुपर्ने भएकाले धेरै समय लागेको हो । थोरै अनुवादक हुँदा समस्या हुने भएकाले संख्या बढाउने प्रहरी तयारी छ । साथै, अनुसन्धान अधिकृतले आगामी दिनमा नेपाल प्रहरीका अनुसन्धान अधिकृतलाई पनि चिनियाँ भाषाको तालिम दिनुपर्ने माग माथिल्लो निकायमा राखिसकेका छन् ।

६. चिनियाँ नागरिकले ५० हजार रुपैयाँ भाडा पर्ने घरलाई डेढ लाख रुपैयाँसम्म तिरेको भेटिएको थियो । उनीहरुले काम गर्ने अफिस र होस्टल छुट्टाछुट्टै खडा गरेका थिए । पक्राउ परेका चिनियाँ नागरिक भिन्दाभिन्दै समूहको भएको प्रहरी आशंका छ । तर, अहिलेसम्म कुनै पनि समूहको नाइके पत्ता लाग्न सकेको छैन ।

७. पक्राउ परेका व्यक्तिलाई म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय, बबरमहल लैजाँदा १० वटा गाडी प्रयोग गर्नु परेको थियो । नियमित गाडीले नपुगेपछि बस, ट्रक र सीआरभी भ्यान पनि प्रयोग गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा पुर्‍याउँदा चिनियाँको ठूलो भिड देखिएको थियो ।

८. पक्राउ परेका चिनियाँ १९ देखि ५० वर्षसम्मका छन् । तर, अधिकांश भने २५ देखि ३० वर्ष उमेर समूहका छन् ।

९. नेपालमा बसेको एउटा समूहले चिनियाँ युवतीलाई ठगी गर्ने र्‍याकेट चलाइरहेको देखिएको छ । श्रीमानको मृत्यु भएका र आर्थिक लोभमा सजिलै फस्न सक्ने युवतीलाई पहिचान गरेर ठग्ने गरेको देखिएको छ । त्यसरी युवती छान्न मात्रै छुट्टै टोली खटिएका थिए ।

सामाजिक सञ्जाल क्यूक्यू, वी च्याटमा केटीको लिङ्क पठाइदिएपछि एकैपटक युवतीसँग गफ मात्र गर्ने टोलीले उनीहरुलाई फकाउँथ्यो । ‘प्रेममा फसाउन सकिने अवस्था भए, दोस्ती गर्ने, नभए विजनेस गरौं भनेर प्रलोभन दिने गरेको देखिएको छ’, अनुसन्धान अधिकृत भन्छन्, ‘सुरुमा हजार/दुई हजार हाल्न लगाएर एक महिनामा ब्याजसहित रकम बढाएर दिने गरेको देखिएको छ । तर, पछि ठूलो रकम लिएर सम्पर्कविहीन हुने गरेको देखिन्छ ।’

अनलाइन व्यापार भनेर पैसा उठाउन चिनियाँ नागरिकहरुले छुट्टै सञ्जाल विकास गरेका थिए । जसमा खाता खोल्न लगाएपछि आर्थिक कारोबार हुने गरेको देखिएको छ । ‘केटीसँग कुरा गर्न ह्याण्डसम र भर्खरका युवालाई परिचालित गरेको देखिन्छ’, प्रहरी अधिकृत भन्छन् ।

१०. प्रविधिमा विज्ञ टोलीले डलर र युरो सस्तो भएको बेला खरिद गरेर महँगो भएका बेला बिक्री गर्ने धन्दा चलाउने गरेको पनि देखिएको छ ।

११. एउटा समूहले अनलाइनबाट जुवा खेलाउने गरेको भेटिएको छ । ‘बेटिङ र लक्की ड्र जस्ता खेल खेलाउने गरेको पनि देखिएको छ’, प्रहरी अधिकृतहरु भन्छन् । उनीहरुको निशानाचाहिँ चीनतर्फ नै रहेको देखिन्छ ।

१२. काठमाडौं अपरेशन चलाएपछि चितवन र पोखरामा रहेका चिनियाँ नागरिकको पनि भागाभाग भएको छ । प्रहरी उनीहरुको गतिविधिलाई पनि निगरानीमा राखिएको जनाएको छ ।

१३. नेपालमा अपराध नदेखिए कानूनी रुपमा देश निकाला गरेर चीन सरकारलाई जिम्मा लगाउने सरकारी तयारी छ । चीनसँग सुपर्दगी सन्धी नभएकाले पनि अनौपचारिक बाटोबाट चिनियाँ नागरिकलाई हस्तान्तरण गर्न लागिएको हो ।

१४. नेपाल प्रहरीको अनुसन्धानलाई चिनियाँ सुरक्षा टोलीले पनि नजिकबाट हेरिरहेको छ । जसका लागि चिनियाँ सुरक्षा अधिकृतको टोली केही महिनाअघिदेखि नेपालमै बसेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेरुसुङले यो नेपाल र चीनको संयुक्त अपरेशन भएको स्वीकारेका छन् ।

बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले यो अपरेशन निकै महत्वपूर्ण भएको बताएका थिए । तर, नेपाली अधिकारीले भने चीनसँग सहकार्य गरेर अपरेशन चलाइएको औपचारिक रुपमा स्वीकारेका छैनन् । अनलाईन खवर बाट । 


प्रकाशित मिति: बिहिवार, पुष १०, २०७६, ०८:०५:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेह्रथुमको वसन्तपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई को अवस्था गम्भीर
तेह्रथुममा मंगलबार रातिदेखि मदिराको विक्री वितरणमा रोक
तेह्रथुमको दाँगपामा वृद्धको लडेर मृत्यु
जेलभित्र पल शाह : फुर्सदमा क्यारम बोर्ड
अपराध/दुर्घटना
तेह्रथुम वहुमुखी क्याम्पसका उपप्रध्यापकलाई कारवाही
64x64
मंगलवार, चैत्र १५, २०७८ समय खवर
पुरा पढ्नुहोस्
अपराध/दुर्घटना
तेह्रथुममा सवारी दुर्घटना, एक गम्भीर घाईते
64x64
बिहिवार, चैत्र १०, २०७८ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण सोमवार, असार १३, २०७९
आठराई गाउँपालिकाको बजेट ५७ करोड ७४ लाख
तेह्रथुमको वसन्तपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई को अवस्था गम्भीर
स्वास्थ्यमन्त्री सहित नेकपा एसका नेताद्वारा पार्टीमा विद्रोह
काठमाडौंमा सात वटै प्रदेशका सामाजिक समितीको छलफल शुरु
गठबन्धनले दलले हाम्रो अपमान गर्‍यो : झलनाथ खनाल
चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
मानसिक रुपमा फ्रेस हुने १० उपाय
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2022 All rights reserved.
Site by: SoftNEP