Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बुधवार, बैशाख ८, २०७८ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
समर्थन फिर्ता गर, राजीनामा आइहाल्छ : प्रधानमन्त्री
तेह्रथुमको एक विद्यालयमा आगलागी, १ करोड वढीको क्षती
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
अर्थतन्त्र
  • Home
  • News
  • बाणिज्य बैंक बसन्तपुरद्धारा वित्तिय सारक्षता कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)
बाणिज्य बैंक बसन्तपुरद्धारा वित्तिय सारक्षता कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)
64x64
आइतवार, पुष २०, २०७६ समय खवर

तेह्रथुम । लालीगुराँस नगरपालिका ६, ७, ८ र ९ नम्बर वडाका बासिन्दालाई वित्तीय व्यवस्थापन सम्बन्धी ज्ञान दिने उदेश्यले राष्ट्रिय बाणिज्य वैंक लिमिटेड बसन्तपुर शाखाले लसुने बजारमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । विपन्न बर्गका नागरिकमा वित्तिय साक्षरता प्रदान गर्न संस्थागत उत्तरदायित्व कार्यक्रम अन्गर्तत ‘समृद्धि संग जोडौ नाता, सवै नेपाली संग बैङ्क खाता’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरीएको हो ।


तीनजुरे दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको सहकार्यमा संचालन गरीएको कार्यक्रममा २ सय १५ जनाको समृद्धि बचत खाता समेत खोलीएको वैंकका शाखा प्रवन्धक तारा कुमार निरौलाले बताए । वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषण बाट प्राप्त रकमको उत्पादन मूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणको लागि बीमाको प्रयोग, सफा नोटको प्रयोग, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराईएको वैंकका शाखा प्रवन्धक निरौलाले बताए । आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ ? भन्ने बिषयमा पनि कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रममा शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीहरु, किसान, स्थानीय तहका जनप्रतिनिधिहरु तथा सर्वसाधरण नागरिकको उपस्थिती थियो ।


कार्यक्रममा कसरी वित्तीय व्यवस्थापन गर्ने ? स्रोत कहाबाट जुटाउने, कहा लगानी गर्ने, आय विश्लेषण, लगानी विश्लेषण, सम्पत्ति दायित्व, आम्दानी खर्च नगद प्रवाह, रुपैयँको वर्तमान तथा भविष्यको मूल्य जस्ता वित्तीय व्यवस्थापन बारे जानकारी गराईएको वैंकका सहायक प्रवन्धक विनोद भटराईले बताए । व्यवसायको विकास र विस्तार, व्यवसाय सृजना तथा प्रर्वद्धन बारे पनि वैंकले जानकारी गराएको जनाएको छ ।


कार्यक्रममा वित्तीय साक्षरताको मुख्य प्रयोजन बचत भएको र नियमित रूपमा बचत गर्ने व्यक्ति वित्तीय रूपमा सफल हुने जानकारी गराईएको थियो । यसका लागि नियमित रूपमा गर्ने बचत छुट्ट्याएर मात्रै खर्च गर्ने र बैङ्क खाता खोलेर आफुले कमाएको पैसा बचत गर्न सहभागीहरुलाई जानकारी गराईएको थियो । कार्यक्रममा बोल्दै लालीगुरास नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले लगानी गर्ने अल्पकालीन तथा दीर्घकालीन योजना बनाउन सके दुख गरेर कमाएको पैसा भविष्यका लागि बचत गर्न सकिने धारणा राखे ।


कमाउनु जत्तिकै जोगाउनु र सुरक्षा गर्नु पनि रहेको कार्यक्रमका बक्ताहरुले धारणा राखे । कमाइ भएर पनि सम्पत्ति सुरक्षा गर्न नसक्दा धेरै मानिस गरीब भएको कार्यक्रममा बोल्दै लालीगुराँस नगरपालिका शिक्षा शाखाका प्रमुख रामकृष्ण निरौलाले बताए । कमाएको सम्पत्तिको सुरक्षाका बारेमा धेरैलाई जानकारी नहुदा स्थायी आर्थिक उन्नति हुन नसकेको वडा नम्बर ६ का अध्यक्ष तिलोचन लिम्बुले बताए । कार्यक्रममा पशुधन र व्यवसायको बीमाका साथै कमाउने व्यक्तिको जीवनबीमा गर्नु पर्ने जानकारी बैंकले गराएको थियो । वित्तीय साक्षरता बारे सवै नागरिकलाई जानकारी हुने हो भने न्यून आय भएका मानिसहरूले खर्च कटौती गरेर पनि बचत गर्न सक्ने बैंकले जनाएको छ ।

वित्तीय रूपमा साक्षर व्यक्तिले आर्थिक अवसरको उपयोग गर्न, लक्ष्य पूरा गर्न, परिवारलाई वित्तीय सुरक्षा प्रदान गर्नुका साथै वित्तीय रूपमा सबल समाजको सृजना गराउन सक्ने बैंकका शाखा प्रवन्धक निरौलाले बताए । नागरिकमा वित्तिय सारक्षता बारे जानकारी भए आर्थिक तथा वित्तीय क्षमतामा सुधार आई आर्थिक तथा वित्तीय निर्णय लिन सक्ने भएकाले यस्तो कार्यक्रम महत्वपुर्ण रहेको कार्यक्रममा सहभागी वडा नम्बर ९ का अध्यक्ष अम्बर वहादुर गुरुङले बताए । राष्ट्रबैंकका अनुसार अहिले पनि ४० प्रतिशत नागरीक वित्तिय पहुच बाहिर छन् ।

 


प्रकाशित मिति: आइतवार, पुष २०, २०७६, १२:५६:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सहकारी संस्थाले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने
तमोर जलाशययुक्त आयोजनामा चिनियाँ पावरको इन्ट्री, एक खर्ब ८० अर्बमा बनाउने प्रस्ताव
पर्वतारोहण, खानी र जलविद्युत् भएका स्थानीय तह मालामाल
ताजा समाचार
समर्थन फिर्ता गर, राजीनामा आइहाल्छ : प्रधानमन्त्री शनिवार, चैत्र २१, २०७७
तेह्रथुमको एक विद्यालयमा आगलागी, १ करोड वढीको क्षती
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: samayakhabar8@gmail.com

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2021 All rights reserved.
Site by: SoftNEP