तेह्रथुम । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत तेह्रथुम जिल्ला सभापतिमा अर्जुनबहादुर तुम्बाहाङ्फे निर्वाचित भएका छन् । बुधबार सकिएको जिल्ला अधिवेशनबाट तुम्बाहाङ्फे जिल्ला सभापति चुनिएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उनी यसअघि जिल्ला उपसभापति थिए । उनले ४५० मत पाए भने अर्का प्रत्यासी कमल ढुंगानाले २३६ मत ल्याएका छन् ।
त्यस्तै, उपसभापतिमा मच्छिन्द्र सुब्बा र शिवप्रसाद भट्टराई, सचिवमा बिपीन निङ्लेखु र डिल्लीराम नेपाल तथा सहसचिवमा डम्बरबहादुर भट्टराई र विश्वप्रकाश तुम्बाहाङ्फे निर्वाचित भएका छन् । तेह्रथुममा पौडेल समूहको प्यानलै विजयी भएको छ ।