Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बुधवार, जेठ ११, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
मानसिक रुपमा फ्रेस हुने १० उपाय
निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा कांग्रेस विजयी
केपी ओलीको जन्मगाउँ आठराईमा नेपाली कांग्रेस वहुमत सहित विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ६ मा एमाले विजयी
राजनीति
  • Home
  • News
  • कान्छो उमेदवारको आशा लाग्दो विकासे योजना
कान्छो उमेदवारको आशा लाग्दो विकासे योजना
64x64
बिहिवार, बैशाख १५, २०७९ समय खवर

तेह्रथुम । पछिल्लो समय राजनीतिमा युवाको आकर्षण बढ्दो छ । युवाहरूले हस्तक्षेप गर्न नेतृत्वमा खोजिरहेका छन् । वैशाख ३० का लागि तोकिएको स्थानीय तहको चुनावमा प्रमुख पदका लागि परेको युवाहरूको मनोनयनले पनि यसको पुष्टि गरेको छ ।
यिनै मध्येका युवा हुन जीवनकाजी थापा । २५ बर्षिय थापाले नेकपा एमालेको तर्फ बाट लालीगुराँस नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् । मुसाङखेलका स्थायी बासिन्दा युवा थापा राष्ट्रिय युवा संघ नेपालको लालीगुराँस नगरपालिकाको सचिब तथा ३ नम्बर वडाका वडा सचिव समेत हुन् । वडा र सिंगो नगरमा युवाहरूको सहभागितामा आयआर्जनमूलक कार्यक्रमहरू सहितका योजना अघि सारेका थापाले गाउँ र वजार क्षेत्रको दिर्घकालिन विकासका नयाँ मोडल र विकल्प समेत अघि सारेका छन् ।
व्याचलर अफ साइन्स् (विएससी) अध्ययन गरेका थापा संग बसन्तपुर वजारमा रहेको माउण्ट मकालु अंग्रेजी बोडिङ स्कुलमा ३ बर्ष सम्म प्रशासन सम्हालेको अनुभव समेत छ । ‘मलाई पार्टीले विश्वास गरेर टिकट दिएको छ’ उनले भने ‘यो विश्वासलाई म डगमगाउन दिने छैन ।’ वडाका मतदातालाई पार्टीभन्दा पनि काम गर्न सक्ने व्यक्तिलाई मतदान गर्न उनले आग्रह गरेका छन् । बस्ति निकट कृषियोग्य जमिनको विकास, उद्यम व्यवसाय गर्ने वातावरण, योजना तर्जुमा कार्यान्वयनमा स्थानीय समुदायको समान सहभागिता र विकास कार्यक्रममा हातेमालो गरी गाउँको विकासमा योगदान गर्ने योजना पनि थापाले अघि सारेका छन् । यि काम संगै आफ्नो वडालाई स्मार्ट भिलेजको रुपमा विकास गर्ने योजना थापाको छ ।

के छन् त थापाका प्रतिबद्धता ?

वडा अध्यक्षका उमेदवार थापा युवा लक्षित कार्यक्रम ल्याएर युवालाई गाउँमै गरीखान सक्ने वनाउने योजनामा छन् । कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क गर्ने उनको योजना छ । विद्यालयमा ४५ मिनेटको जीवन उपयोगी सिपहरूको कक्षा दिइने र विद्यालयमा आधारभूत शिक्षा लिइरहेकाहरूलाई आयमा जोड्नका लागि सिप विकासको कार्यक्रम अघि सार्ने योजना उनको छ । व्यावसायिक शिक्षाको आधार तयार गर्न उनले अहिले देखी नै खाका कोरीरहेका छन् ।
आफ्नो वडा र सिंगो लालीगुराँस नगरपालिकालाई नै अपराध रहित र भ्रष्टाचार मुक्त नगरपालिका बनाउने दाबी उनको छ । यसका लागि वडाका विभिन्न क्षेत्रमा सीसीटीभी जडान गरी निगरानी गर्ने योजना उनको छ । ६० वर्ष माथिका जेष्ठ नागरिकलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, ज्येष्ठ नागरिकलाई निःशुल्क धार्मिक यात्राको व्यवस्थापन मिलाउने, सार्वजनिक स्थानहरूमा सीसीटीभी क्यामेरा जडान गर्ने योजना थापाले अघि सारेका छन् । जन्म र मृत्युदर्ता प्रमाणपत्र निःशुल्क घरघरमै पु¥याउने योजना पनि उनको छ । वडाका सवै सामुदायिक विद्यालयमा अंग्रेजी माद्यमको शिक्षा लागु गर्ने, बसन्तपुर मुसाङखेल सडकलाई कालोपत्रे गर्ने कामको शुरुवात गर्ने र मुसाङखेल सुङनाम र मुसाङखेल फुलेक जोड्ने सडकको स्तरनोन्नती गरी वाहै्र महिना यातायात संचालन गर्न सकिने बनाउने योजना उनको छ । माथिल्लो क्षेत्रका किसानको सिंचाई सुविधाका लागि साम्सा कुलो व्यवस्थीत गरी पानी ल्याउने योजना पनि थापाले अघि सारेका छन् ।
घर घरमा खानेपानीका धारा जडान गर्ने, हरेक परिवारको मूलि तथा सदस्यको नाममा बैक खाता संचालन गर्ने, नगरपालिका र वडा कार्यालय तथा खानेपानी लगायतका बिल बैकबाट तिर्न सक्ने ब्यवस्था मिलाउने योजना थापाले अघि सारेका छन् । हरेक घरमा मिटरबक्स, हरेक टोलमा विद्यूत ट्रान्समिटर र हरेक पोलमा सोलार बत्तिको योजना पनि उनको प्राथमिकतामा छ । आफ्नो वडामा एक कृषि जेटिए र कृषि प्राविधिक समेतको अनिवार्य व्यवस्थ गर्ने, वडामै शितभण्डार सहितको सब्जि मण्डि, दूध चिस्यान केन्द्रको स्थापना, किसानलाई निशुल्क विउविजन वितरण र उत्कृष्ट व्यवसायीक किसानलाई प्रोत्साहन र पुरस्कारको व्यवस्था गर्ने र वडामा छुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने उनले योजना अघि सारेका छन्
वडाबासीको शान्ति सुरक्षाका लागि वडा नागरिक प्रहरी कार्यालय स्थापना गर्ने, कम्तिमा एक घर एक रोजगार कार्यक्रम अघि सार्ने, गाउँमै सीप सिकाइ केन्द्रको स्थापना गरी सवैलाई दक्ष वनाउने, आगलागी तथा दैबी प्रकोप हुंदा कम्तिमा २० देखि २५ परिवार बस्न सक्ने आवास गृहको निर्माण गर्ने, खेलमैदान निर्माण तथा खेलकुद सम्बन्धिका कुनै न कुनै क्रियाकलाप बर्ष भरी नै गरीरहने र सबैको घरमा जस्ता पाताको छानो कार्यक्रम समेत थापाले अघि सारेका छन् । वडाको पायक पर्ने स्थानमा एउटा पुस्ताकालय तथा बाचनालय स्थापना गर्ने, घर घरमा इन्टरनेटको पहुँच विस्तार गरी सबै वडा बासीलाइ सूचना र प्रविधि मैत्री वनाउने तथा इ–पुस्तकालयको व्यवस्था गरी सवै नागरिकलाई अध्ययनशील वनाउने योजना थापाको छ ।
कृषि उत्पादनको वजारीकरण र खेती विस्तारका लागि गाउँमै कृषि पर्यटनका कार्यक्रमहरु संचालन गर्ने, किसानले उत्पादन गरेका कृषि उपजको ढुवानीका लागि छुट्टै कृषि एम्वुलेन्स्को व्यवस्था गर्ने, दुग्ध उत्पादक किसानको सुविधाका लागि पशु सुत्केरी भत्ताको कार्यक्रम लागु गर्ने, गाउँको अलग्यै पहिचान र ग्रामिण पर्यटनको विकासको लागि वडाका सवै घरको रंगहरु एकै प्रकारको वनाउने, वडाको साविक ५ र ९ नम्बरमा रहेका लिम्बु समुदायको वस्तीमा ग्रामिण पर्यटनको विकासको लागि होमस्टे संचालन तथा लम्बुखोलामा रहेको परम्परागत शवदाह स्थललाई आधूनिक शवदाह स्थलको रुपमा विकास गर्ने योजना युवा उमेदवार थापाले अघि सारेका छन् । हरेक वडावासीलाई आमदानी संग जोढ्न गाउँमै साना तथा मझौला उद्योग संचालन गर्ने योजना थापाको छ । गाउँमा सांस्कृतिक पर्यटनको विकासको लागि सवै जाती र समुदायको आ–आफ्नो रितिरीवाजको संरक्षण र विकास गर्ने योजना पनि थापाले अघि सारेका छन् ।

 


प्रकाशित मिति: बिहिवार, बैशाख १५, २०७९, ०४:२८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा कांग्रेस विजयी
राजनीति
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा कांग्रेस विजयी
64x64
सोमवार, जेठ २, २०७९ समय खवर
पुरा पढ्नुहोस्
राजनीति
केपी ओलीको जन्मगाउँ आठराईमा नेपाली कांग्रेस वहुमत सहित विजयी
64x64
सोमवार, जेठ २, २०७९ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ बिहिवार, जेठ ५, २०७९
मानसिक रुपमा फ्रेस हुने १० उपाय
निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा कांग्रेस विजयी
केपी ओलीको जन्मगाउँ आठराईमा नेपाली कांग्रेस वहुमत सहित विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ६ मा एमाले विजयी
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2022 All rights reserved.
Site by: SoftNEP