तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका ७ वडा मध्ये तीन वडाको नतिजा सार्वजनिक भएको छ । १ नम्वर वडामा नेकपा एमाले, २ र ३ नम्वरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
१ नम्वर वडाध्यक्षमा नेकपा एमालेका प्रेमराज लिम्बू विजयी भएका छन् । ७ सय १७ मत प्राप्त गरी उनी विजयी भएका हुन् । उनका प्रतिष्पर्धी कांग्रेसका धनबहादुर लिम्बूले ६ सय ५३ मत प्राप्त गरे । २ नम्वर वडाध्यक्षमा कांग्रेसका उम्मेदवार भीमबहादुर लिम्बू ६ सय ७० मत प्राप्त गरी विजयी भएका छन । उनका निटकतम प्रतिद्वन्द्वी नेकपा एमालेका गजेन्द्र बहादुर चोङवाङले ६ सय ३७ मत प्राप्त गरेका छन् । ३ नम्वर वडाध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार बुद्धिमान गुरूङ ६ सय ७३ मतका साथ विजयी भए । उनका प्रतिष्पर्धी एमालेका उम्मेदवार भीष्मराज डांगीले ४ सय ८४ मत प्राप्त गरेका थिए । डांगी निवर्तमान वडाध्यक्ष हुन् ।
गाउँपालिका अध्यक्षमा पनि कांग्रेसका दिलकुमार पाहीमले अग्रता लिएका छन् । पछिल्लो मत परीणाम अनुसार पाहिमले २ हजार ३ सय ६० मत प्राप्त गरी अग्रता लिएका छन् । एमालेका अध्यक्षका उम्मेदवार रामचन्द्र थपलियाले १ हजार ५ सय ५२ मतले पाहिमलाई पछ्याईरहेका छन् ।
उपाध्यक्षमा पनि सत्ता गठवन्धन बाट माओवादी केन्द्रका बलिराज ईङनामले १ हजार ८ सय ७२ मत प्राप्त गरेका छन् । एमालेकी रुपादेवी कन्दङवाले १ हजार ७ सय ३२ मत ल्याएर पछ्याएकी छिन । रुपादेवी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् ।