तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका ७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र खड्का विजयी भएका छन् । खड्का ४ सय ३८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार शेर वहादुर पुवार मगरले १ सय ३९ मत प्राप्त गरे । विजयी खड्का सोही वडाका निवर्तमान वडाध्यक्ष हुन् ।