तेह्रथुम । निम्न आय भएका गरिबहरुलाई वितरण गर्न खरीद गरीएको चामल तेह्रथुमको लालीगुराँस नगरपालिकाका जनप्रतिनिधीले गोदाम बाटै विक्री गरेर आर्थिक अनियमितता गरेको भन्दै त्यसको सर्वत्र विरोध भएको छ । कोरोना संक्रमणको समयमा दैनिक ज्याला मदजुरी गरेर छाक टारीरहेका मजदुर र निम्न आय भएका परिवारलाई वितरण गर्न खरीद गरीएको चामल नगरप्रमुख अर्जुन माबोहाङले सार्वजनीक सुचना नै जारी नगरी विक्री गरेर आर्थिक अनियमितता गरेको नेकपा लालीगुराँस नगर कमिटिले आरोप लगाएको छ ।
अघिल्लो आर्थिक बर्षमै नगर क्षेत्रका गरिव, विपन्न, मजदुर, दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति र तीनका परिवारलाई राहत स्वरुप निशुल्क वितरण गर्नुपर्ने चामल त्यस समय वितरण नगरी अहिले आएर विक्री गरेको भन्दै नेकपाले विज्ञप्ती जारी गरी सो कार्यको विरोध गरेको छ । नेकपा लालीगुराँस नगर कमिटि अध्यक्ष कमल वहादुर खड्का र सचिब सल वहादुर तिवारीद्धारा जारी विज्ञप्तीमा ठुलो परिमाणमा राहत सामाग्री खरिद गरि नेपाल सरकारले जारी गरेको निर्देशिकाको मर्म र भावना विपरीते रातह सामाग्री नगरपालिकाकै स्टोर बाट नगर प्रमुखको नेतृत्वमा विभिन्न व्यक्ति तथा व्यापारीहरुलाई विक्री गरेको जनाईएको छ ।
संकटको समयमा अफ्ठ्यारोमा परेका नगरबासीलाई वितरण गर्नुपर्ने राहतको चामल त्यस्ता व्यक्तिलाई वितरण नगरी विक्री गरेको पाईएको हुंदँ यस कार्य प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । राहत वितरणको लागि खरीद गरीएको खाद्यान्न लगायतका सामाग्री कुनै सार्वजनीक सुचना नै नगरी सत्ता र शक्तिको चरम दुरुपयोग गरी कानुन विपरित विक्री वितरण गर्नुले आर्थिक अनियमितता भएको नेकपाको भनाई छ । यस्ता गैर जिम्मेवारी पूर्ण कार्यहरु नगर्न ध्यानाकर्षण गराउदै यथार्थ विवरण नगरवासी समक्ष सार्वजनिक गर्न समेत विज्ञप्तीमा माग गरीएको छ ।
नागरिकले तिरेको कर बाट खरीद गरीएका कुनै पनि सामग्री विक्री वितरण गर्दा सार्वजनीक सुचना जारी गरी टेन्डर प्रकृया मार्फत मात्र विक्री वितरण गर्न पाउने कानुनी व्यवस्थाको उल्लङघन गर्दै नगर प्रमुख माबोहाङको नेतृत्वमा राहतको चामल विक्री गरीएको नेकपाको भनाई छ । कोभिड–१९ रोकथाम, उपचार र व्यवस्थापनका लागि लालीगुराँस नगरपालिकाले गरेको खर्च यस अघि नै सार्वजनिक गर्न पार्टिको तर्फ बाट नगर प्रमुख संग पटक पटक अनुरोध गर्दा पनि सो को खर्च विवरण सार्वजनीक नगरीएको नेकपा नगर कमिटि अध्यक्ष खड्काको भनाई छ । नेकपाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टीन व्यवस्थापन, राहत प्राप्त गर्ने व्यक्तिहरुको नामावली र राहतको परिमाण समेत गरी सम्पुर्ण खर्च विवरण सार्वजनीक गर्न पनि माग गरेको छ ।
सरकारी स्रोत बाट खरीद गरी नगरपालिकामा स्टोरमा दाखीला गरीएको कुनै पनि जिन्सी सामग्री विक्री वितरण गर्दा सार्वजनीक सुचना जारी गरी टेन्डर प्रकृया मार्फत विक्री गर्नुपर्ने कानुनी व्यवस्था छ । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ को परिच्छेद ७ को ४५ मा सरकारी स्रोतमा खरीद गरी राखीएको कुुनै पनि जिन्सी सामान परिक्षण गर्दा टुटफुट तथा बेकम्मा भई पुन : प्रयोग गर्न नसकीने, प्राविधिक निरीक्षण गर्दा कुनै जिन्सी मालसामान मर्मत गरी पुन : प्रयोग गर्न सकीने भएता पनि बजार मुल्यको २५ प्रतिशत भन्दा वढी खर्च हुने भनी प्रतिवेदनमा उल्लेख भएको मालसामान कार्यालय प्रमुखले जाँचबुझ गर्दा लिलाम विक्री गर्नुपर्ने भनी ठहर्याएमा तोकीए बमोजीम कार्यविधी अपनाएर मात्र लिलाम विक्री गर्न पाईने कानुनी व्ययवस्था छ । तर नगर प्रमुख माबोहाङले यि कुनै पनि कानुनी व्यवस्था नअपनाई आफु खुशी चामल विक्री गरी आर्थिक अनीयमितता गरेको नेकपाको आरोप छ ।
नगरपालिका आफै व्यापारिक संस्था नभएको भन्दै नेकपाले राहतका लागि वितरण गर्न खरीद गरीएको खाद्यान्न चामल कुनै कानुनी प्रकृया विना नै विक्री गरीनुले कानुनी शासनको धज्जी उडाएको विज्ञप्तीमा उल्लेख छ । यस्तै नेकपाले नगरपालिकाको स्रोतबाट खरिद गरी संचालनमा आएका स्काभेटर, ब्रेकर, जेसिबि, नगर बस, एम्बुलेन्स, ट्याक्टर लगाएतका मेसिनरी उपकरणहरु प्रयोग गर्दा व्यापक अनियमितता भएको आरोप लगाएको छ । यि उपकरणहरुको खरीद गरेको मितिले हाल सम्मको आम्दानी र खर्च विवरण समेत सार्वजनीक गर्न नेकपाले नगरपालिका समक्ष माग गरेको छ । नगरपालिकामा पछिल्लो समय व्यापक आर्थिक अनियमितता भएको भन्दै नेकपाले आफुहरुको कुनै पनि मागको सुनुवाई नगरेकाले कानुनी र राजनीतिक रुपमा आफुहरु अघि वढ्ने जनाएको छ । विज्ञप्ती सहित .....