मोरङ । प्रदेश १ को नाम सगरमाथा वा कोशी नराखे आन्दोलनमा उत्रीने संयुक्त खस क्षेत्री नेपाल प्रदेश १ समितिले चेतावनी दिएको छ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई ज्ञापन पत्र बुझाउदै उक्त चेतावनी दिएको हो ।
ज्ञापन पत्रमा भनिएको छ ‘यदि कतैबाट नियमसंगत ढंगबाट कार्यसम्पादनमा बेतिथि गरिन्छ भने यो संयुक्र खस क्षेत्री नेपाल विरोधको आवाज बुलन्द गर्न कदापी पछि पर्ने छैन ।’
खस क्षेत्री नेपालले प्रदेशको नाम सगरमाथा राख्नुपर्ने भनेको छ । सगरमाथा नभए त्यसको विकल्पमा कोशी राख्नुपर्ने माग छ । यदि कुनै जाति, समप्रदायको आधारमा प्रदेशको नाम राखे समाजमा द्धन्द सिर्जना हुने खस क्षेत्री नेपालको नभाई छ ।