तेह्रथुम । म्याङलुङ नगरपालिकाले २० युनीट सम्म विद्यूत खपत गर्ने नगरबासीको विद्युत महशुल तिरीदिने भएको छ । २० युनिट सम्म विद्युत खपत गर्ने सवै नगरबासीको महशुल नगरपालिकाले बिद्युत प्राधिकरणलाई तिरीदिने निर्णय गरेको हो ।
घरायसी प्रयोजनका लागि विद्युत उपभोग गरीरहेका सवै नगरबासीको न्युनतम विद्युत महशुल नगरपालिकाले तिरीदिने निर्णय गरीएको नगर प्रमुख संजय तुम्बाहाङफेले वताए । विद्युत उपभोग गरे बापत न्युनतम पैसा समेत वुझाउन नसक्ने नागरिकलाई लक्षित गरी यस्तो कार्यक्रम ल्याइएको नगरप्रमुख तुम्बाहाङफेको भनाई छ । नगर कार्यपालिकाको बैठकले गत साउन १ गते देखी कै मासिक २० युनिट सम्मको विद्युत महसुस तिरिदिने निर्णय गरेको हो । मासिक २० युनीट सम्म विद्युत खपत गर्ने उपभोक्ताको महशुल नगरपालिकाले एकमुष्ट बिद्युत प्राविधिकरणलाई भुक्तानी गर्ने विषयमा सम्झौता भैसकेको छ ।
‘न्युनतम २० युनिट बराबरको महसुल ३० रुपैया नगरपालिकाले भुक्तानी गरिदिने हो’ नगरप्रमुख तुम्बाहाङफेले भने ‘त्यस भन्दा वढी युनीट विद्यूत खपत गर्ने ग्राहकले भने बाँकी रकम आफै वुझाउने हो ।’ नगरपालिकाको यो निर्णय पछि न्युनतम विद्युत महशुल वुझाउन नसकेर लाईन काट्नु पर्ने अवस्थाको अन्त्य भएको विद्यूत प्राविधिकरण तेह्रथुम बितरण केन्द्रका प्रमुख श्याम कुमार शर्माले वताए । न्याङलुङ नगरपालिकामा ४ हजार ५ सय विद्यूतका ग्राहक छन् । यि ग्राहकको न्युनतम २० युनीट सम्मको महशुल १ लाख ३५ हजार रुपैंया एकमुष्ठ नगरपालिकाले प्राविधिकरणलाई वुझाउने छ । यो निर्णय पछि प्राधिकरणलाई एक मुष्ठ रुपमा सवै ग्राहकको पैसा जम्मा हुनेछ । दुर्गम र प्रत्येक महिना महशुल वुझाउन नसक्ने उपभोक्तालाई यो निर्णयले ठुलो राहत पुगेको प्रमुख प्रशासकीय अधिकृत गिरीराज भटराईले वताए ।
नगरपालिकाको यो निर्णय पछि विद्युत प्राविधिकरणलाई समेत फाईदा पुगेको छ । समयमा विद्यूत महशुल नबुझाउने ग्राहकको लाईन काट्न घर घर नै पुग्नु पर्ने वाध्यता प्राविधिकरणका कर्मचारीलाई थियो । अव यो झण्जट हटेको केन्द्रका प्रमुख शर्माको भनाई छ । केन्द्रका कर्मचारीको समय समेत बचेको छ । उपभोक्ताई घण्टौं टाढा देखी हिडेर महशुल वुझाउन आउनु पर्ने बाध्यताको समेत अन्त्य भएको नगरप्रमुख तुम्वाहाङफेको भनाई छ ।
नगरपालिका भित्रका सडक बत्तिको विद्युत महसुल समेत नगरपालिकाले भुक्तानी गरिदने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत भटराईले बताए । म्याङलुङ वजार र आसपासका क्षेत्रमा जडान गरीएका सडक वत्तिको मासिक विल ८० हजार रुपैंया उठ्ने गरेको छ । वजार क्षेत्रका मुख्य चोकमा १२ वटा बत्ति बालिएको प्राविधिकरणले जनाएको छ ।