काठमाडौं । आइतबारदेखि सबै मालपोत कार्यालय खुल्ने भएको छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले शुक्रबार सूचना जारी गर्दै आइतबार सबै कार्यालय खोल्न भनेको हो । विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको हो । लकडाउनका कारण कार्यालय बन्दहुँदा साढे २ महिना यता सबै सेवा ठप्प भएको छ ।
