तेह्रथुम । जलवायु परिर्वतनका कारण वातारणमा हुने असर गर्दै आएको छ । जलवायु परिवर्तनकै कारण वन मासिँदै गएका छन । पानीको मुहानहरु सुक्ने क्रम बढ्दो छ ।
जलबायु परिर्वतले वातारणमा ल्याएको असरलाई न्युनिकरणका लागी तेह्रथुममा सामुदायिक वनहरुलाई जलवायु तथा अनुकुलन न्युनिकरण कार्ययोजना सम्बन्धि ज्ञान दिइएको छ ।
जिल्लाको ६ पालिकाहरु मध्ये ५ वटा पालिकाहरुमा सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) प्रदेश नं १ ले जर्मन सरकारको वातारण मन्त्रालय अन्र्तगत आइकेआई÷जीआईजेडको सहयोग तथा डिविजन वन कार्यालय तेह्रथुमको प्राविधिक सहयोगमा कार्ययोजना सम्बन्धि ज्ञान दिँदै आएको हो ।
जलवायु परिर्वतन न्युनिकरणका लागि सामुदायिक वन उपभोत्ता समुहको कार्ययोजना संसोधनमा सहयोग गर्दै र स्थानीय उपभोक्ता सँग छलफल गरी जलवायु उत्थानशिल योजना बनाएर काम गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) प्रदेश नं १ का अध्यक्ष तुलसी संग्रौलाले बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) प्रदेश नं १ प्रदेश नं १ को तेह्रथुम, ताप्लेजुङ र संखुवसभा जिल्लालाई कार्यक्षेत्र बनाएर कागर्दै आएको छ । तिन जिल्लाहरु मध्ये पनि विशेष तिनजुरे मिल्के जलजले क्षेत्रमा काम गर्दै आएको जनाइएको छ ।
सामुदायिक वनका पदाधिकारीहरुलाई जलवायु परिर्वतनको बारे विभिन्न बिषयमा ज्ञान दिँदै आएको डिविजन वन कार्यालय तेह्रथुमका साहायक वन अधिकृत देबेन्द्र भण्डारीले बताए ।
सामुदायिक वन उपभोत्ता महासंघले जलवायु न्युनिकरणका लागी हरियाली बढाउने इन्धन उपयोग र आपुर्तीलाई कम गर्ने साथै जिविकोपार्जन सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ । स्थानीय सरकार डिविजन वन कार्यालय तथा विभिन्न दातृ संस्थाहरुको सहयोगमा काम गर्दै आएको छ ।