तेह्रथुम । आठराई गाउँपालिका ७ थोक्लुङमा रहेको लोकतान्त्रिक सामुदायिक वनबाट सुरु भएको आगलागी बाट ५ वटा घर जलेर नष्ट भएका छन् । वनमा सल्कीएको आगो बस्तीमा प्रवेश गर्दा थोक्लुङको ढोडेनीमा रहेको नरपति चौलागाईं, टंकप्रसाद चौलागाईं र थोक्लुङकै पिप्लेका श्रीबिलास मादेम्बा, रनबहादुर बराल र हस्त बहादुर बरालको घर जलेर नष्ट भएको वडा अध्यक्ष रोहीत कन्दङवाले जानकारी दिए ।
आगलागी पछि टंकप्रसाद चौलागाईं र श्रीबिलास मादेम्बाको परिवार बिचल्लीमा परेको छ । अन्य तीन घर भने खाली रहेका थिए । यि परीवार पुर्वी तरााईमा बसोबास गर्दै आएका छन् । आगलागी नियन्त्रणको लागि प्रहरीले विभिन्न स्थानमा अग्नि रेखा बनाएको छ । तर पनि आगो नियन्त्रणमा आएको छैन् । आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक शेसकराम थान्दार, सशस्त्र प्रहरी सुरक्षा वेश क्याम्प संक्रान्ति बजारका सशस्त्र प्रहरी निरीक्षक सन्जिव तिवारी नेतृत्वको प्रहरी र स्थानीयबासीले प्रयास गरीरहेका छन् । आगलागी बाट अन्य बस्तीका घर पनि जोखीममा रहेको प्रहरीले जनाएको छ ।