तेह्रथुम । जिल्लाको पर्यटन र होटल व्यवसायको प्रवद्र्धन गर्न सघाउने उदेश्यले तेह्रथुमका होटल व्यवसायीहरु संगठित भएका छन् ।
जिल्लाका व्यवसायीहरुको पर्यटकीय वजार वसन्तपुरमा शनिवार भएको भेलाले बसन्तपुरका युवा होटल व्यवसायी प्रकाश श्रेष्ठको अध्यक्षतामा होटल व्यवसायी संघ तेह्रथुम गठन भएको हो ।
११ सदस्यीय समितिको बरिष्ठ उपाध्क्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश उमेश कुमार गौतम, सविता भण्डारी, तारानाथ चौंलागाई, मदन कटुवाल र शुसिला पौडेल चयन भएका छन् । त्यस्तै संघको सदस्यहरुमा क्रमश युवराज थापा, विरेन्द्र वस्नेत, रुपा भटराई र कुवेर लिम्वु,चयन भएका छन् ।
व्यवसायीहरुको भेलालाई सम्वोधन गर्दै नव गठित संघका अध्यक्ष प्रकास श्रेष्ठले व्यवसायीहरु एक जुट भएर काम गर्दा होटल तथा पर्यटन उद्योग प्रवर्द्धन र विकासमा सहयोग पुग्ने धारणा राखे । जिल्लामा भित्रीने पर्यटकलाई स्वागत सत्कार गर्दै उनीहरुको वसाई अवधि लम्व्याउन सकीयो र यहांको कला संस्कृति देखाउदै स्थानीय रैथाने स्वादमा उनीहरुलाई लोभ्याउन सकिए मात्र पनि होटल तथा पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास हुने अध्यक्ष श्रेष्ठले वताए ।
पछिल्लो समय जिल्लामा होटल व्यवसायमा लगानी थपिने क्रम बढिरहेको छ । यस्तो बेला व्यवसायीहरुको छुट्टै साझा संस्थाको आवश्यकता महसुस गरी आफुहरु संठगित भएको नव गठिन समितिका महासचिव तारानाथ चौंलागाईले वताए ।
भेलाका वक्ता व्यवसायीहरुले तेह्रथुमलाई पर्यटकीय जिल्लाको रुपमा विकास गर्न सुझाए । तेह्रथुममा पर्यटन व्यवसायको सम्भावना रहे पनि होटल व्यवसायीहरु संगठित हुन नसक्दा पर्यटन व्यवसायले गति लिन सकेको छैन् । एकै स्थानमा ३२
प्रजातीका गुराँस फुल्ने तीनजुरे मिल्के जलजले, तीनजुरे, पटेक तथा मेन्छ्यायेम डाँडा यसै जिल्लामा छन् । त्यस्तै दक्षिण एसियामै अग्लो स्थान बाट झरेको ह्यात्रुङ झरना, तमोर नदी लगायतका प्राकृतिक पर्यटकीय स्थानहरु यसै जिल्लामा छन् । यि पर्यटकीय क्षेत्र संगको सम्वन्ध होटल व्यवसाय संग जोढ्नु पर्नेमा व्यवसायीहरुले जोड दिएका थिए ।
भारतको विहार, उत्तर प्रदेश र झारखण्ड राज्य दुरीका हिसावले नजीक रहेकाले त्यस क्षेत्रका पर्यटक तेह्रथुममा ल्याउन सकीए पर्यटन तथा होटल व्यवसायले गति लिने र यो व्यवसायको माद्यम बाट देशको आर्थिक विकासमा समेत महत्वपुर्ण भुमिका रहने जिल्ला समन्वय समितिका उपप्रमुख समेत रहेका होटल व्यवसायी श्री कार्कीले वताए । पछिल्लो समय नेपालीहरुमा समेत घुम्ने संस्कार विकास हुंदै गएकाले जिल्लाको बसन्तपुर, लसुने, जिरिखिम्ती, म्याङलुङ, संक्रान्ती, शुक्रवारे लगायतका बजार क्षेत्रमा नेपाली पर्यटक उल्लेख्य मात्रामा आउने गरेको जिरिखिम्तीमा रहेको बगाले होटलका संचालक युवराज थापाले वताए ।
‘होटल, पर्यटन, कृषि उद्योग र व्यापार, सुखी नेपाली समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ नव गठित समितिले जिल्लाका ६ वटै स्थानीय तहका पर्यटन र होटल व्यवसायीहरुलाई समेटीएको अध्यक्ष श्रेष्ठले वताए ।